Samyentra Dot Com

गृहपृष्ठ » आर्थिक / कृषि, सहकारी, ग्यालरी, मुख्य खबरडुवानपछि खुल्नै सकेन नेपालकै ठुलो धागो उद्योग

डुवानपछि खुल्नै सकेन नेपालकै ठुलो धागो उद्योग

August 21, 2017८४६ पटक

सुनसरी । नेपालकै सबैभन्दा ठूलो धागो उत्पादन गर्ने सुनसरीको रिलायन्स स्पेनिङ मिल्स बाढीको डुबानका कारण उपकरण विग्रिएपछि दुई हप्तापछि पनि सञ्चालनमा आउन सकेको छैन ।

साउन अन्तिम हप्ताको बर्षाले टेंग्राखोलाको बाढी इटहरी १० मा रहेको सो मिलमा पसेको थियो । उद्योगभित्र पसेको बाढीको पानीले त्यहा रहेका अत्याधुनिक उपकरण, धागो उत्पादन गर्ने कच्चा पदार्थ समेत डुबानमा पर्दा करोडौ रुपैयाको क्षति भएको उद्योगका जोइन्ट पे्रसिडेन्ट डिवी तिवारीले जानकारी दिनुभयो ।
डुबानबाट उद्ययोगमा रहेका करोडौ मुल्यका उपकरण समेत विग्रिएर थन्किएपछि काममा उद्योग संचालनमा आउन नसकेको तिवारीले बताउनु भयो । ३ हजार ५ सय मजदुर कार्यरत रहेको यस मिलमा काम रोकिएसंगै उनीहरुको रोजीरोटी समेत गुमेको छ ।

भारत तथा तेस्रो मुलुकबाट ल्याइएको करोडौको मूल्य पर्ने कच्चा पदार्थ समेत नष्ट भएका छन् । उद्योगभित्र ३ देखि ४ फिट सम्म पानी जमेको तिवारीले जानकारी दिनुभयो । यहा उत्पादित धागो नेपाल, भारत लगायत टर्की तथा युरोपियन देशहरुमा समेत निर्यात हुने गरेको थियो । उद्योग चल्न नसकेपछि अहिले उद्योगले दैनिक करोडौको नाक्सानी व्यहोर्नुपरेको छ भने सरकारको राजस्व समेत गुमेको छ । – हिमशिखर टीभीबाट

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad