Samyentra Dot Com

गृहपृष्ठ » Uncategorized, न्युजअभियन्ता रावलको प्रथम बार्षिक पूण्यतिथी सम्पन्न

अभियन्ता रावलको प्रथम बार्षिक पूण्यतिथी सम्पन्न

August 13, 2017३४२ पटक

नेपालगञ्ज/लागुऔषध दुब्र्यसन बिरुद्धका अभियन्ता स्वर्गिय नयनराज रावलको पहिलो बार्षिक पूण्यतिथीमा लागु पदार्थ बिरुद्ध कार्यरत दुई जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
नेपालगञ्ज –१० सुर्खेतरोड घरमा करेन्ट लागेर एक बर्ष अघि दिबँगत रावलको सम्झनामा दमयन्ति फाउण्डेसन नेपालले स्थापना गरेको स्वर्गिग नयन राज रावल स्मृति अक्षय कोषबाट लागुपदार्थ पूर्ब प्रयोगकर्ता नेपालगञ्ज—४ निबासी होमजँग शाही र नेपालगञ्ज—१० निबासी कृष्ण लामालाई सम्मान गरिएको हो ।
लागु पदार्थ बिरुद्ध काम गर्ने व्यक्तिहरुलाई बाँकेमा पहिलो पटक सम्मान गरिएको हो । लागु पदार्थ बिरुद्ध अग्रणी भूमिका निर्बाह गरेका नयनको सम्झनामा सम्मानको कार्य शुरु गरिएको दमयन्ति फाउण्डेसनले जनाएको छ ।
दमयन्ति फाउण्डेसनकी अध्यक्ष ईन्द्रा जि.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र स्वर्गिय रावलका पिता मिन बहादु रावलले लागु औषध बिरुद्धका अभियन्ताहरुलाई सम्मान गरेका थिए । सम्मनित व्यक्तिहरुलाई रु. २ हजार ५ सय नगद र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राणाले लागुपदार्थ बिरुद्ध रावलले गरेको योगदानको प्रशंसा गरे । रावलको योगदान अतुलनिय छ —उनले भने—रावलले शुरु गरेको अभियानलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो । उनले नेपालगञ्जको प्रमख समस्या लागु औषध भएको बताउँदै लागु औषध बिरुद्ध उपमहानगरपालिका सक्रिय भएर काम गर्ने बताए ।


कार्यक्रमका अतिथी नेकपा एमालेका नेता बिरेन्द्र बहादुर भण्डारीले अभियन्ता नयनको प्रशंसा गरे र भने—नयन समाजका कालिदाश हुन्, जसरी कालिदाशले पहिले समाजमा उल्टो काम गरेपनि पछि सकारात्मक काम गरेझैं नयन पनि पहिले लागु औषधमा फसेपनि पछि आफूलाई सुधार गरि अरुलाई सुधार्ने महानमा काम संलग्न भएका थिए, जसको ठूलो प्रभाव परेको हामीले पाएका छौं ।
कार्यक्रममा बोल्दै साहरा हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले बाँकेमा लागुऔषधले बिकराल रुप लिँदा समेत मौन भएको सरकारी निकायलाई गम्भिर बनाउने भूमिकामा स्वर्गिय नयन रावल सफल भएको भन्दै उनको प्रशंसा गरे । लागु औषध बिरुद्धको अभियानका अभिभावक रावलको निधनले सामाजिक क्षेत्रमा अपूरणिय क्षति भएको उनले बताए ।
स्वर्गिग नयन राज रावल स्मृति अक्षय कोषका सदस्य बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा पूर्बमन्त्री मोती पहाडी, बासका अध्यक्ष नमस्कार शाह, राष्ट्रिय युवा महासँघ नेपाल बाँकेका अध्यक्ष हेमराज भट्ट, नवकिरण पुर्नस्र्थापना केन्द्रका अध्यक्ष उत्तम खरेल, सामाना पुनस्र्थापना केन्द्रका अध्यक्ष आगमन प्रताब सिंह, नयनका पिता मिन बहादुर रावल, दाजु भरत रावल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा रावलको सम्झनामा १ मिनेट मौनधारण गर्नुका साथै उनको तस्बिरमा अविर अर्पण गरिएको थियो । उनको श्रब्यदृश्य समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर डाक्टर धवल शम्शेर राणा ।
लागुपदार्थ बिरुद्ध क्रियाशिल होमजँग शाहीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा ।
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad