Samyentra Dot Com

गृहपृष्ठ » मुलुकहे भगवान , मेरो छोरालाई बचाई देउ !!!

हे भगवान , मेरो छोरालाई बचाई देउ !!!

August 10, 2017३०५ पटक

जाजरकोट – जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–१३ सिउनका बलबहादुर भण्डारी ३५ वर्षपछि भारतबाट घर फर्के, छोरा र श्रीमतीसहित सबै जहान परिवार लिएर ।

पैँतिस वर्षपछि घर आएका बलबहादुरको जमिनमा कसैले बाली नलगाएका कारण जमिन भने बाँझै रहेको थियो । यता आएलगत्तै एउटा छोरा विरामी भएर उपचार गर्दा पनि निको नभएपछि भण्डारी परिवारलाई ठूलै आपत आइलागेको छ ।

उनको यहाँ अहिले घर पनि छैन, अर्काको घरमा बसिरहेका छन् । बाँझो जमिन तीन रोपनी पाखो बारी छ । छोराको उपचार गर्न सोही बाँझो जमिन पनि प्रतिरोपनी रु ५० हजारमा तीन रोपनी जग्गा बेच्न उनी ग्राहक खोजिरहेका छन् अहिले ।

सम्पत्तिको नाममा भएको तीन रोपनी जग्गा बेचेर कसरी जीविकोपार्जन गर्छ भण्डारी परिवारले रु अनुत्तरित प्रश्नमा आफ्नो छोरालाई स्वस्थ बनाउने सपना बुनेका छन् भण्डारीले । छोरालाई बचाउन सके ज्याला मजदुरी गरेर भएपनि दुई छाक टार्नेबाहेक अरु उपाय छैन उनीसँग ।

भण्डारीका २१ वर्षका छोरा आकाश भण्डारी जिल्ला अस्पताल, जाजरकोटमा जीवनमरणको दोसाँधमा छट्पटाइरहेका छन् । गरिबीका कारण थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जान नसक्दा उनको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ ।

आएको एक महिनापछि अर्थात तीन महिनादेखि उनी बिरामी छन् तर अर्थ अभावका कारण उपचारमा समस्या भएको परिवारले जनाएको छ । विगत ३५ वर्षदेखि भारत ९कालापार० गएर ज्याला मजदुरी गरी गुजारा गर्दै आएको उनको परिवार केही समयदेखि गाउँमा बस्दै आएको छ । परिवारमा आकाशका बुबा, आमा, दुई बहिनी र भाइ छन् ।

बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल पर्ने भण्डारी परिवार छोरा बिरामी भएपछि निकै समस्यामा परेको छ । गाउँमा चन्दा उठाएर केही दिनअघि आकाशलाई भेरी अञ्चल अस्पताल, नेपालगञ्ज उपचारका लागि पु¥याइएको थियो । उनलाई पेट, छाती र टाउको दुख्ने समस्या छ ।

नेपालगञ्ज अस्पतालमा दिसा, पिसाब, रगत प्रयोगशालामा परीक्षण गर्दा कुनै रोग पत्ता नलागेको र चिकित्सकले भरतपुर क्यान्सर अस्पताल, चितवन लैजान सिफारिश गरेका छन् ।

नेपाली नागरिकतासमेत नबनाएका आकाशलाई पुनः जाजरकोट ल्याएर भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र बनाइएको छ । नत उनले न उनका भाइबहिनीले पढन् पाएका छन् । “उपचारको लागि खर्च जुटाउन र नागरिकता भए उपचारमा केही सहुलियत हुन्छ कि भनेर नागरिकता बनायौँ अब कसरी चितवन लैजाने हो रु” बलबहादुर भण्डारीले भने ।

अहिलेसम्म अरुले दिएको सहयोगलगायतबाट चालिसहजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । छोराको उपचार गर्न बलबहादुरसँग अब एउटै उपाय बाँकि छ । “गाँउमा तीन रोपनी पाखो बारी छ, त्यही बेचेर भए पनि छोरालाई एकपटक चितवन लैजाने इच्छा छ, तर अहिले कसले जग्गा किनिदिन्छ र म छोराको उपचार गरुँ रु” बलबहादुरले प्रश्न गरे, “हामी गरिबले कसरी उपचार गर्ने रु”

उक्त गाउँमा एक रोपनी जग्गाको मूल्य रु ५० हजार मात्र पर्छ । उनले जग्गा बेच्न खोजे पनि बिक्री हुन सकेको छैन । “छोराको उपचारमा पैसा कति लाग्छ रु कहाँबाट जुटाउने हो रु” बलहादुरले भने, “हे भगवान्, मेरो छोरालाई बचाइदेऊ १” रासस

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad