Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरपेट्रोलियम व्यवसायीको आन्दोलन शुरु , बिक्रीवितरण ठप्प पारिने

पेट्रोलियम व्यवसायीको आन्दोलन शुरु , बिक्रीवितरण ठप्प पारिने

August 10, 2017१४३ पटक

काठमाण्डौँ – पेट्रोल पम्प सञ्चालकले निजी स्वार्थ पूरा गर्न आजदेखि देशभर हडताल सुरु गरेका छन् । आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको दाबी गर्दै पम्प सञ्चालकले उपभोक्तालाई दुःख दिने गरी हडताल सुरु गरेका छन् ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अगुवाइमा बिहीबारदेखि देशभरका २ हजार १ सयभन्दा बढी पम्पले निगमको डिपोबाट पेट्रोल नउठाउने बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले तिरेको पैसाबराबर तेल पाउनका लागि बाध्य भएर हडताल गर्नुपरेको बताए ।

‘२६ साउनबाट देशभर रहेका निगमको डिपोबाट पेट्रोल खरिद गरिनेछैन,’ उनले भने, ‘त्यसपछि शीघ्र समस्या समाधान नभए देशभरका पेट्रोलपम्पबाट २९ साउनदेखि पेट्रोल र डिजेल खरिद गर्दैनौँ । ३१ साउनबाट बिक्री–वितरणसमेत ठप्प पार्नेछौँ ।’ माग पूरा गराउन सुरुमा पेट्रोल मात्रै डिपोबाट खरिद र वितरण गर्ने उनले बताए ।

यस्त छन् माग :

– पम्प परिसरबाट बिक्री हुने इन्धनको परिमाण निगमले दिएकोजति नै हुनुपर्ने वा कम हुन जाने परिमाण निगमले व्यहोनुपर्ने

– इन्धनको परिमाण गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरिदिनुपर्ने

– बजार अनुगमनका क्रममा सिल दुरुस्त हुँदाहुँदै नोजलबाट घटीबढी तेल आए कारबाही नगरी छाड्ने र तुरुन्त क्याब्रिलेसनको व्यवस्था मिलाउनुपर्ने

– सबै पम्पले निगमको डिपोमा लोड भएका ट्यांकरबाट तेल पाउनुपर्ने

– पम्प सञ्चालकले धरौटीबापत राख्ने रकमबाट वाणिज्य बैंकले दिनेसरहको ब्याज पाउनुपर्ने

पम्पले पाउने नोक्सनी बढाउन सुझाब

गुणस्तर तथा नापतौल विभागले २० वटा ट्यांकर र पम्पमा तापक्रम, सञ्चालन तथा कार्यगत नोक्सानीका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । विभाग स्रोतका अनुसार पम्प सञ्चालकले पाइरहेको नोक्सानी परिमाण बढाउन प्रतिवेदनले सुझाब दिएको छ ।

थानकोट डिपोबाट इन्धन बुझ्ने पम्प सञ्चालकले तापक्रम र कार्यगत नोक्सानीबापत पेट्रोलमा ०।८८ प्रतिशत र डिजेलमा ०।६१ प्रतिशत भर्पाई पाइरहेका छन् । यो भनेको १२ हजार लिटर पेट्रोल र डिजेलमा क्रमशः १ सय ५ लिटर र ७३ लिटर हुन आउँछ । व्यवसायीले यसलाई बढाएर पेट्रोलमा २ सय ५२ लिटर र डिजेलमा १ सय ८० लिटर कायम गराउन दबाब दिएका छन् । निगमले यति ठूलो अन्तरमा सुविधा दिन नसक्ने स्पष्ट पारेको छ ।

– नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad