Samyentra Dot Com

गृहपृष्ठ » Uncategorized, फिचर स्टोरीअबिचलित अगुवा कृष्ण

अबिचलित अगुवा कृष्ण

August 10, 2017२४७ पटक

हरेक सफल ब्यक्तिको सफलताको पछाडी उसको मेहेनत र निरन्तरता हुन्छ । त्यहि मेहनत र निरन्तरताले व्यक्तिहरुलाई सफलता तर्फ डोर्याउँछ । अथक मेहनत र संघर्ष गरेर सफल हुने मध्येका एक हुन कृष्ण प्रसाद श्रेष्ठ ।
बुवा कुल प्रसाद श्रेष्ठ र आमा निमा कुमारी श्रेष्ठको कोखबाट बि.सँ. २०२४ साल बैशाख २ गते साविकको बिजुली गाउँ बिकास समिति वडा नं. ५ प्यूठानमा जन्मिएका श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य हुन् । मध्यम परिवारमा जन्मिएका श्रेष्ठको बाल्यकाल गाउँमै बितेको हो । बाल्यकाल देखि नै पढाई र खेलकुदमा औधि रुचि राख्ने श्रेष्ठले अध्ययनको शुरुवात भने गाउँकै जनता मा.बि. बिजुलीबाट गरेका थिए । परिवारको ईच्छा चाहना अनुसार अध्ययनका लागि २०४३ सालमा नेपालगन्ज आएका श्रेष्ठले उच्च शिक्षा नेपालगन्ज स्थित महेन्द्र बहुमुखि क्याम्पसबाट हासिल गरेका हुन् ।
श्रेष्ठका बुवा गाउँकै एक शिक्षाकर्मी भएका कारण पढ्न, लेख्न सहज भएको उनी बताउँछन् । उनका अनुसार, बुवाको पहलमा स्थापित मोति मा.बि.ले ५० बर्ष पुरा गरेको छ । श्रेष्ठका बुवाको चाहना छोराले धेरै पढोस भन्ने थियो तर बढ्दो उमेर सँगै उनको रुचि पढाई सँगै खेल तिर आकर्षिक हुन पुग्यो । सानै देखि खेलमा अभिरुचि राख्ने श्रेष्ठ खेल भनेपछि हुरुक्क हुन्थे । जस अनुरुप उनले तेकवान्दो खेल खेले र राष्ट्रिय खेलाडि समेत बन्न सफल भए । ४ पटक राष्ट्रिय प्रतियोगितामा सहभागि भईसकेका श्रेष्ठले बि.स. २०४८ मै तेकवान्दोमा ब्लेक बेल्ट हासिल गरेका हुन् । परिवारका ६ भाई मध्येका सबै भन्दा कान्छा श्रेष्ठ खेल क्षेत्रमा अगाडी बढ्न चाहन्थे तर घाँटि हेरि हाड निल्नु पर्छ भनेझै परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको खेल क्षेत्रमा शिखर चुम्ने सपना अधुरो नै रह्यो । उनले नचाहँदा नचाहँदै पनि त्यो क्षेत्रबाट बिस्तारै बिट मार्नु प¥यो । शहरको बसाई घर खर्च धान्न अप्ठेरो भएपछि उनलाई जसरी हुन्छ केही काम गरेर पैँसा कमाउनु पर्छ भन्ने दवाव आईप¥यो तर आर्थिक अवस्था कमजोर भएका उनलाई सहजै पैँसा कमाउने बाटो खोज्नु भने फलामको च्यूरा चपाउनु सरह थियो । जहाँ ईच्छा त्यहाँ उपाय भनेझै उनी त्यो चुनौतीबाट कत्ति पनि बिचलीत भएनन् र उनले समस्या समाधानको बिकल्पको रुपमा ब्यापार ब्यवसाय
रोजे । ब्यवसाय गर्न पँुजी चाहिन्छ जुन श्रेष्ठसँग प्रयाप्त थिएन । पँुजीको अभाव टार्न उनले ३ जना ब्यवसायि साथिहरु खोजे संयुक्त रुपमा प्रति ब्यक्ति १०÷१० हजार रुपैया लगानि गरि बि.स. २०४३ सालमा काठमाण्डौं बाट काँचो कपडाको ब्यवसाय शुरु गरे । काठमाण्डौंमा काचो कपडाबाट शुरु गरेको उनको ब्यापार हाल आएर तयारी पोषाक तिर केन्द्रित छ । बिस्तारै उनी राजधानीबाट ब्यापारका लागि भन्दै पुनः नेपालगन्ज झरे तब सम्म उनमा ब्यवसायको बारेमा धेरै ज्ञान हासिल भईसकेको थियो जसले उनलाई नेपालगन्जमा स्थापित हुन सहयोग पु¥यायो ।
बि.स. २०४६ सालमा नेपालमा प्रजातन्त्रको बहाली भए सँगै सबैले आ–आफ्ना अधिकारहरुका लागि वकालत गर्न थाले सोही क्रममा ब्यापारिहरुको हक हितमा वकालत गर्ने उद्धेश्यले स्थापित नेपालगन्ज उद्योग बाणिज्य सँघसँग उनको संलग्नता बढ्दै गयो । २०५३ सालमा संघको सदस्य पदमा उम्मेदबारी दिएका श्रेष्ठले १ मतले हार बेहोर्नु प¥यो । उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक भनेझै चुनाबमा भएको पराजयको पीडा उनमा थियो तर त्यो पराजयबाट बिचलित भएनन अझ दृढताका साथ अगाडि बढे । कोषाध्यक्ष, बाणिज्य तर्फको उपाध्यक्षको कार्यकाल सफलता पूर्बक सम्पन्न गरे । सधै सोचे जस्तो कहाँ हुन्छ र उनलाई पनि यस्तै भयो २०६१ सालमा उनी संघको अध्यक्ष पदका लागि चुनावमा होमिए तर उनले जित हाँसिल गर्न सकेनन् । २०६९ सालमा अध्यक्षमा पदमा चुनाव जितेका श्रेष्ठ २०७३ मा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्बाचित भएका थिए ।
ब्यवसायिक हक हितका लागि स्थापना भएको संघको भुमिकाका बारेमा श्रेष्ठ सन्तुष्ट छैनन् उनि भन्छन् – ब्यबसायिक हक हितका लागि स्थापना गरिएको संघमा अहिले राजनीति हाबि भएको छ । हिजो सम्म संघ प्रति आशाबादि हुने ब्यवसायीहरु हाल निरुत्साहित र असन्तुष्ट रहेको भन्दै संस्थाको छबि जोगाउनु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । संघको बिगत सम्झिदै श्रेष्ठ भन्छन् – बि.स. २०५२ साल पछि द्धन्द्धको चपेटामा यो क्षेत्र थियो । ब्यापारीहरुको जीवन कष्टपुर्ण, त्रासदिपूर्ण थियो ब्यापारिहरुले पठाएका सामानहरु बिच बाटोमै लुटिन्थे भने २०६२÷०६३ को जन आन्दोलत पश्चात तिनै ब्यापारी भूमिगत गिरोहहरुको तारो बने । कतिपय ब्यापारीहरुलाई ज्यान मार्ने धम्की समेत आएको थियो । त्यो बिषम अवस्थामा समेत नेपालगन्ज उद्योग बाणिज्य संघले डटेर सामना गरी ब्यवसायिहरुलाई जोगाएको थियो ।
नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा श्रेष्ठले ब्यवसायीहरुको हकहितमा धेरै कामहरु गरेका छन् । उनको अगुवाईमा थुप्रै सामाजिक तथा मानविय कार्यहरु समेत भएका थिए । बैशाख १२ गते नेपालमा आएको महाभुकम्पका बेला भएको राहत बितरण कार्यलाई उनी महत्वपूर्ण कार्यको रुपमा सम्झन्छन् । संघले बैशाख १७ गते नेपालगन्जबाट ३ ट्रक पानी काठमाण्डौ लगेर बितरण गरेको थियो भने संघ कै पहलमा मुठ्ठी दान अभियान गरि ५० लाख बराबरको खाद्यान्न तथा लत्ता कपडा सिन्धुपाल्चोक लगायत प्रभावित ६ जिल्लामा बितरण गरेको थियो भने संघको पहलमा नेपालगन्जमा भएको मैत्रीपूर्ण फुटबल खेल बाट ४ लाख नगद संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो । मधेश आन्दोलनको क्रममा नेपाल भारत सिमा सदभाव मंच गठन गरि संयोजकको भुमिका निर्वाह गरी शान्ति सदभाव कायम गर्न अग्रसर थिए उनी । आन्तरिक ब्यवसायिक प्रबद्र्धन गर्न ३ पटक ब्यपार महोत्सब गरि १ करोड रुपैया बहुउद्धेसिय सभागृह निर्माणका लागि संकलन गर्नु उनको कार्यकालको अर्को सफलता हो । बिकासका लागि नागरिक सरोकार समितिको संयोजकको भुमिकामा रहि नेपालगन्जको बिद्युत, सडक, सडकको गुणस्तर, बिश्वबिद्यालय, राष्ट्रिय गौरबका योजना, सरसफाई, चक्रपथ निर्माण, अन्तराष्ट्रिय बिमान स्थल निर्माण, सभागृह निर्माण, हुलाकि सडक निर्माण लगायतका बिषयमा निरन्तर दवाव र पहल उनको कार्यकालमा भएका उल्लेखनिय कार्य हुन् । आफ्नो कार्यकालमा अगाडि बढाएको बुहउद्धेशिय सभागृह निर्माण हाल संघको प्राथमिकता तथा चासोको बिषय नुहुनु दुर्भाग्यपूर्ण रहेको उनि बताउँछन् । राजश्व नियन्त्रण गर्ने निहुँमा ब्यपारिहरु माथि सरकारी निकायले गर्ने ब्यवहार राम्रो नभएको भन्दै ब्यवसायिहरुलाई कर शिक्षा प्रदान गरि राज्यले अभिभावकको भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
नेपालगन्जमा बिकास निर्माणको गति सोचे अनुसार हुन नसक्नुको कारण कसैको पनि प्राथमिकतामा बिकास नपर्नु भएको उनको भनाई
छ । उनि भन्छन्– सम्भावना धेरै छ तर राजनितिक नेतृत्वको ईच्छाशक्ति शुन्य छ ।
बाँके जिल्लाबाट नै तत्कालित समयमा शुशिल कोईराला प्रधानमन्त्री हुँदा समेत ठूला योजना जिल्लामा भित्रयाउन नसक्नु बिडम्बना भएको उनको भनाई थियो । पछिल्लो समय सरकारी तहबाट बाँकेको नौबस्तामा ३३८ बिगाह जमिन औद्योगिक क्षेत्र स्थापना गर्न र कचनापुरमा बिशेष आर्थिक क्षेत्र स्थापना गर्न चालिएको कदम स्वागत योग्य भएको भन्दै समयमा योजना पूरा भएमा सबैको पहल हुने उनको भनाईछ ।
आफ्नो पेशा ब्यवसाय सँगै परिवार ब्यवस्थापनलाई महत्वपूर्ण स्थान दिएका श्रेष्ठले बि.स. २०४८ सालमा नेपालगन्ज निबासि शारदा श्रेष्ठ सँग प्रेम बिबाह गरेका थिए । परिवार ब्यवस्थापनमा बढि ध्यान दिने श्रेष्ठका हाल २ छोरा र १ छोरी छन् भने उनका दाई भाई, आमा बुवा सबै नेपालगन्जमा बस्दै आएका छन् ।
मान सम्मान भन्दा पनि काममा बिश्वास गर्नेे श्रेष्ठ लायन्स क्लबको विभिन्न पदमा रही २० बर्ष देखि क्रियाशिल रहँदै आएका छन् । विभिन्न सामाजिक संस्थाहहरुमा आबद्ध रहेका श्रेष्ठ लाईन्स अन्तराष्ट्रिय उत्कृष्ट क्लब सम्मान, सिनर्जि अवार्ड, शान्ति दुत लगायत विभिन्न सम्मानबाट सम्मानित भईसकेकाछन् । दुःखलाई नजिक देखि नियालेका श्रेष्ठ भुकम्प प्रभावितहरुलाई राहत बितरण गर्न भन्दै बैशाख २९ गते सिन्धुपाल्चोेक जाने बेला बिचमैं भुकम्प गएर रातभर गाडिमै रत्नपार्कमा सुत्नु परेको क्षण जीवनको अविश्मरणीय क्षण भएको बताउँछन् । गलत कुराको तत्काल प्रतिकार गर्ने एक स्पष्ट बक्ताको छबि बनाउन सफल श्रेष्ठले निरन्तर सामाजिक कार्य गर्ने लक्ष बनाएका छन् । उनको लक्षले निरन्तरता पाओस् हाम्रो शुभकामना ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad