Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, प्रवासअष्ट्रेलियाको पश्चिम मेलबर्नमा सम्पन्न भो भव्य तीज कार्यक्रम

अष्ट्रेलियाको पश्चिम मेलबर्नमा सम्पन्न भो भव्य तीज कार्यक्रम

August 9, 2017५२५ पटक

हप्परक्रसिङ, मेलबर्न/ अष्ट्रेलियाको पश्चिम मेलबर्नमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको छ ।
       नेप्लिज अर्गनाइजेसन अफ विनडम र मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा गत शनिबार करीब ढाइ सयको उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएको हो ।
    नेपाली कला संस्कृतिको जगेर्ना गर्दै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अस्ग्ट्रेलियाकी सांसद श्रीमती जोंने रायनको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो र अन्य अतिथिहरुमा भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, मेयर हेनरी बार्लो, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, काउन्सिलर इन्ताज खान, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष केशव कंडेल, न्याभ अध्यक्ष डा. अनुपम पोखरेल हुनुहुन्थ्यो ।
    नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा नेपाली चेलीहरुको शृंगार र नाचगानबाट अतिथिहरु मन्त्रमुग्ध हुनुभएको थियो । प्रमुख अतिथि रायनले आफ्नो मन्तव्यमा नेपाली चाडपर्व र संस्कृति अत्यन्तै मन पर्ने भन्दै आफू सधै नेपाली समुदायको साथमा रहेको बताउनुभएको थियो भने मेयर हेनरी बार्लोले नेपाली समुदायलाई सहयोग गर्न आफू  तत्पर रहेको र नेपालीहरुको समस्या सुन्न आफ्नो कार्यालयको ढोका सधै खुल्ला रहेको बताउनुभयो । त्यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कंडेलले पश्चिम मेलबर्नमा बस्ने नेपाली समुदायको एकता देखेर आफू निकै प्रभावित भएको बताउनुभएको थियो ।
       रोशनी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको उक्त रमाईलो तथा भव्य तीज कार्यक्रममा न्याभ बाल चौतारी पश्चिमका भाइबहिनीहरुले राष्ट्रिय गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
      कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका कमल प्याकुरेलले धन्यवाद मन्तव्यका साथमा पश्चिम मेलबर्नमा बस्ने सम्पूर्ण नेपालीहरुलाई आफ्नो मौलिक संस्कृति र पहिचानको जगेर्नाको लागि एकताबद्ध हुन अपिल गर्नुभयो ।
कार्यक्रमको संचालन अनुष्का काफ्ले र एन्जेलिना प्याकुरेलले गरेका थिए भने कार्यक्रमको व्यवस्थापन तथा संयोजन डा. युगेन्द्र रेग्मीले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad