Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, मनोरञ्जनयुएईमा अर्को तीज विशेष कार्यक्रमको तयारी

युएईमा अर्को तीज विशेष कार्यक्रमको तयारी

August 7, 2017३६० पटक

भरत शिवाकोटी, युएई / प्रवासमा रहेको नेकपा एमालेको बलियो संगठन प्रवासी नेपाली मन्च युएई अबुधाबी राज्य कमिटीले नेपाली महिलाहरुको महत्वपुर्ण पर्व हरितालिका तिजको अवसरमा “तिज विशेष सास्कृतिक कार्यक्रम २०७४” आयोजना गर्ने भएको छ ।

आगामी ११ अगस्ट २०१७ शुक्रबार का दिन अबुधाबिमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट लोक क्षेत्रका ख्यातिप्राप्त गायक बद्री पङ्गेनी तथा अर्कि गायिका प्रिया भण्डारी आउने निस्चय भएको आयोजक कमिटीका सचिब बिमल कार्की ले जानकारी दिएका छन ।
। स्थानिय कलकारहरुको समेत प्रस्तुती हुने सास्कृतिक कार्यक्रममा युएईका सबै राज्य बाट नेपालिहरुको उल्लेख्य उपस्थिति हुने र कार्यक्रमको तयारी पूरा भएको आयोजक कमिटीका अध्यक्ष पुन्य प्रसाद शर्मा पुस्करले जानकारी दिएका छ्न । कार्यक्रममा सहज उपस्थितिका लागि युएईका सबै राज्यबाट यातायातको व्यवस्था गरिएको र सहभागिहरुको नि:शुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिएको उनले बताएका छन भने भव्य र सभ्य रुपमा सम्पन्न हुने सास्कृतिक कार्यक्रममा युएईमा रहेका सम्पुर्ण नेपालिहारुलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छ्न ।
विभिन्न कठिनाइमा परेका प्रवासी नेपालीहरुको सहयोगार्थ अबुधाबी राज्य कमिटीले गर्न लागेको तिज कार्यक्रम २०१७ रास्ट्रका गर्व गर्न लायक कलाकारहरू तथा स्थानिय प्रतिभावान कलाकारहरुको साथमा एतिहाशिक हुने दाबी अबुधाबी राज्य कमिटीका इन्चार्ज तथा रास्टृय कमिटी सदस्य तिर्थराज भट्टराईले गरेका छ्न ।
तिज नजिकिए सगै युएईमा विभिन्न संघ,संगठन तथा समाजहरु महिला विशेष पर्व तिजलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न अग्रसर रहेका छ्न ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad