Samyentra Dot Com

गृहपृष्ठ » प्रवासयुएईमा एक नेपालीको मृत्यु

युएईमा एक नेपालीको मृत्यु

August 7, 2017२३८ पटक

निर्भिक नारायण
युएई – युएईको अबुधावीमा एक नेपालीको मृत्यु भएको छ ।

युएईको अबुधावी स्थित एक सेक्युरिटी कम्पनिमा कार्यरत बुटवलका योगेस सापकोटाको शनिबार साँझ मृत्यु भएको हो ।

सापकोटा काठमाण्डौको सामाखुसीमा रहेको शिवाकोटि मेनपावरबाट गत जुलाई १० गते सेक्युरिटीमा काम गर्न युएई आएका थिए ।

यूएई आएको २५ दिनमै उनको मृत्यु भएको छ । विदेशमा आएर पैसा कमाउला र परिवारलाई सुखका साथ पालौला भनेर भर्खर युएई आएका सापकोटाको ड्युटी सुरुवात भएको पनि थिएन ।

‘बिहान देखी बिरामी परेका सापकोटालाई कम्पनिले उपचारको लागि साँझ सम्म पनि हस्पिटल लगेन’ सोही कम्पनिमा कार्यरत एक नेपालीले भने ‘साँझ हामी नेपालीहरु मिलेर उनलाई हस्पिटल लैजादै गर्दा सापकोटाको बाटोमै मृत्यु भएको हो । ‘ सापकोटाले बान्ता गर्ने , मुखबाट र्‍याल निकाल्ने गरेका थिए ।

सापकोटाको मुत्यु भएपछि लाशलाई अबुधाबी स्थित लाईफ लाईन हस्पिटलमा राखिएको छ । सापकोटाको मृत्युबारे नेपाली दुताबास युएईलाई जानकारी दिईएको छ । घटनाको सत्य तथ्य रिपोर्ट आईसके पछि कम्पनिसंग बार्ता गरेर लाशलाई चाडै नेपाल पठाउने नेपाली दुताबास युएईले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad