Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरपूनर्निमार्णलाई विश्वले नियालीरहेको छ ः मन्त्री साह

पूनर्निमार्णलाई विश्वले नियालीरहेको छ ः मन्त्री साह

August 7, 2017१४२ पटक

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले नेपालमा चलिरहेको भूकम्प पछिको पूननिर्माणलाई विश्वले हेरिरहेको बताउनुभएको छ ।

२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी नेपालका ऐतिहाँसिकतथा पुरातत्विक महत्वका सम्पदाका साथसाथै ठूलो संख्यामा निजी तथा आवासीय भवन ध्वस्त भएका थिए । भूकम्प पछि नेपालको पूननिर्माणले विश्वभर चर्चा पाइरहेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाईको आ.व. २०७३/७४ को प्रगति समीक्षातथाआ.व. २०७४/७५ को वार्षिक कार्यक्रम सम्बन्धी एक दिने समीक्षा गोष्ठिलाई आइतबार सम्बोधन गर्नुहुँदै मन्त्री साहले भूकम्प पछि नेपालमा चलिरहेको पूननिर्माणमा विश्वकै ध्यान केन्द्रित भएको बताउनु भएको हो । सरकारको प्रमुख प्राथमिकता पूननिर्माण भएको उल्लेख गर्नुहुँदै यो कार्यलाई सफल पार्ने गरी आफू अगाडि बढ्ने बताउनुभयो । नेपालको पूननिर्माणको कार्य सफलपार्नुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले यो विषयसंग नेपालको सक्षमता र प्रतिष्ठा समेत जोडिएर आउने भएकाले संवेदनशिल र प्रतिबद्ध भएर लाग्नुपर्नेमाजोड दिनुभयो । ‘हाम्रो पूननिर्माणलाई विश्वले हेरिरहेको छ, त्यसैले हामी सफलहुनुको विकल्प छैन’, मन्त्री साहले भन्नुभयो, ‘यसको सफलतासंग हाम्रो प्रतिष्ठा गाँसिएको छ ।’
समीक्षाबाट जुन स्तरको प्रगति हुनुपर्ने हो त्यो नभएको स्पष्टै देखिएको उल्लेख गर्नुहुँदै उहाँले समन्वयमा मुख्य समस्या देखिएको उल्लेख गर्नुभयो ।भूकम्प पछिको पूननिर्माणमा लाभग्राही जत्तिकै प्राविधिक पनि उत्तरदायीहुनु पर्नेमा मन्त्री साहले जोड दिनुभयो । प्रभावित लाभग्राहीहरुका कारण मात्रै होइन, प्राविधिकका निरन्तरको अनुगमनको अभावका कारण पनि मापदण्ड विपरित घर बन्ने गरेको उहाँको भनाई रहेको थियो । ‘घर धनीले गल्तीग¥यो भने अनुदान रकम पाउँदैन तर प्राविधिक घर निर्माणको समयमा अनुगमन गर्न गएन, निर्माण कार्य रोक्न दबाब दिन गएन भने उसको उत्तरदायीत्व हुन्छ किहुँदैन ?’ मन्त्री साहले प्रश्नगर्दै भन्नुभयो, ‘सदरमुकाममा बस्ने र एकैचोटी घर निर्माण सम्पन्न भइसकेपछि इन्चीइन्ची, फिट फिटनापेपछि उत्तरदायित्व पुरा हुन्छ ?’

पूननिर्माणको सन्दर्भमा भूकम्पप्रतिरोधी घर हुनु मुख्य कुरा भएको र अरु कुरा गौणभएको उहाँको भनाई रहेको थियो । ‘हामीले खटाएका प्राविधिकहरुको दायित्व मापण्ड अनुरुप घर बने किबनेनन् जाँच्ने मात्रै होइन मापदण्ड अनुरुप घर बनाउने पनिहो ।’ उहाँले समिक्षा गोष्ठीमा भन्नुभयो, ‘निर्माणकै समयदेखि त्यहीँगएर मापदण्ड अनुरुप बनाउन मद्दत गर्नुप¥यो, खाली जाँचेर मात्रै दायित्व पुरा हुँदैन ।’
आफूले परिणाम चाहेको उल्लेख गर्दै उहाँले सहभागिहरुलाई परिणाम मुखी भएर कामगर्न निर्देशन दिनुभयो । ‘हामीले चाहेको परिणाममुखी प्रगतिहो’ उहाँले भन्नुभयो, ‘त्यसकालागिअहिले देखिएका समस्याहरुलाई समाधान गर्ने योजना सहितको निस्कर्ष चाहियो ।’पूननिर्माणमा खटिएका निकायबीचको प्रभावकारी समन्वयको आवश्यकताऔल्याउनुहुँदै उहाँले नीतिगत समस्यालाई माथिबाट हल गरिने बतउनुभयो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad