Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाजक्याम्पस प्रशासन र अखिल क्रान्तिकारीबिच सहमति

क्याम्पस प्रशासन र अखिल क्रान्तिकारीबिच सहमति

August 7, 2017२७८ पटक

धनकुटा  । धनकुटा बहुमुखी क्याम्पस प्रशासनले अखिल क्रान्तिकारी धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले माग गरेका विषयमा सहमति गरेपछि अखिल क्रान्तिकारी धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले आफ्नो आन्दोलन फिर्ता लिएको छ । धनकुटा बहुमुखी क्याम्पस प्रशासन र आन्दोलनरत अखिल क्रान्तिकारी विच आइतबार लामो समयसम्म भएको बार्तामा १५ बुँदे सहमति भएपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको अखिल क्रान्तिकारी धनकुटा बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष शुक्रराज लिम्बूले जानकारी दिए ।
क्याम्पस प्रमुख निरञ्जन वस्ती र अखिल क्रान्तिकारी धनकुटा बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष लिम्बूद्वारा हस्ताक्षरीत सहमतिमा विद्यार्थी कल्याण समिति प्रारम्भ भएदेखि २०७२/७३ सम्मको समितिको नाममा भएका आयव्यय सार्वजनिक गर्ने तथा आव २०७३/७४ को वार्षिक लेखापरीक्षण पछि सार्वजनिक गर्ने, हालसम्म स्ववियुको नाममा भएका आयव्यय सार्वजनिक गर्न क्याम्पसमा क्रियाशील विद्यार्थी संघ संगठनका प्रमुख वा प्रतिनिधिसँग समन्वय गरि विद्यार्थी कल्याण प्रमुखको संयोजकत्वमा मिति २०७४ साउन २६ गते भित्र एक समिति गठन गरि उक्त समितिले आयव्यय अध्ययन गरि प्रतिवेदन पेश गर्ने, क्याम्पसको अतिक्रमित जग्गाहरुको संरक्षण गर्न यस जिल्लाका क्रियाशील राजनीतिक दलहरूसँग समन्वय गरि भदौ १५ गते भित्र संरक्षण गर्न लागिपर्ने तथा जीर्ण बन्दै गएका भवनहरु मर्मत र सरसफाइ गर्न बुधबारदेखि लागत संकलन सुरु गरि स्रोत उपलब्धका आधारमा प्राथमिकता तोकी कार्य प्रारम्भ गर्ने, निर्माणाधिन पुरुष छात्रावासको हालसम्म भएको प्रगति विवरण सार्वजनिक गर्ने तथा सोको निर्माणलाई पूर्णता दिन पहल गर्ने भनिएको छ ।
यस्तै वृद्धि भएका विभिन्न शुल्क तथा संरचनाका बारेमा आवश्यक अध्ययन र छलफल गरि निष्कर्ष निकाल्ने, विद्यार्थी क्याम्पसमा बिरामी भएमा प्राथमिक उपचार गर्ने र अस्पताल लाने स्ट्रेचरको व्यवस्था गर्ने, क्याम्पस प्रशासनले लिँदै आएको धरौटीलाई क्याम्पसमा क्रियाशील विद्यार्थी संघ संगठनहरुसँग समन्वय गरि फिर्ता गर्ने सम्बन्धमा निर्णयमा पुग्न तथा विद्यार्थीहरुलाई परिक्षा अवधिसम्म पुस्तक उपलब्ध गराउने सम्बन्धमा आवश्यक अध्ययन गरि निष्कर्ष निकाल्ने सहमति भएको अखिल क्रान्तिकारी धनकुटा बहुमुखी क्याम्पस इकाई समितिका इन्चार्ज कैलाश ढुंगानाले बताए ।
अखिल क्रान्तिकारी धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले गत २०७३ साल माघ २१ गते १३ बुँदे माग राखेको थियो र सो मागको सुनुवाइ नभएपछि गत साउन १५ गते ५ बुँदे माग राख्दै पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो । गत साउन १५ गते बुझाएको ५ बुँदे माग पत्रमा १३ बुँदे माग तत्काल सम्बोधन गर्नुपर्ने, भर्ना शुल्क, अभ्यास शिक्षण शुल्क लगायत वृद्धि भएका शुल्क फिर्ता लिनुपर्ने, विद्यार्थी क्याम्पसमा बिरामी भएमा प्राथमिक उपचार गर्ने व्यवस्था गर्नुपर्ने तथा अस्पताल लाने स्ट्रेचरको व्यवस्था गर्नुपर्ने, भौतिक संरचनाको व्यवस्थापन तथा मर्मत गर्नुपर्ने र विद्यार्थीसँग लिएको असुल गरेको धरौटी तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राखेको अखिल क्रान्तिकारी धनकुटा अध्यक्ष इन्द्रबहादुर विष्टले बताए ।
सहमतिसँगै अखिल क्रान्तिकारील गर्ने भनिएको विभिन्न आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । १५ वटा बुँदामा सहमति भएको जानकारी गराउँदै विष्टले ले त्यसको व्यवहारिक कार्यान्वयनमा सवैले चासो दिनुपर्नेमा जोड दिए ।
क्याम्पस प्रशासनले गरेको भारि शुल्क वृद्धि फिर्ता लगायतका माग गर्दै अखिल क्रान्तिकारी धनकुटा आन्दोलनमा उत्रिएको थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad