Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, विदेश/रोचक, हाइलाइटए अचम्म, एउटै मान्छेले निकालेछन् ६२ आवाज ! 

ए अचम्म, एउटै मान्छेले निकालेछन् ६२ आवाज ! 

August 7, 2017६६० पटक

 क्यारीकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरी आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । उनले राजनितिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारीकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले क्यारीकेचरमार्फत नेताहरुलाई व्यंग्य हानेका छन् । कलाकार गौतमले बालबालिका माझ लोकप्रिय मोटु पात्लु टेलिभिजन कार्यक्रमका अधिकाँस पात्रको आवाज हुबहु नक्कल गरेका छन् । केहि समय घुलमील भएपछि जो कोहि क्यारीकेचर गर्न सक्ने कलासँगै उनीसँग भएको जनावर र चराचुरुंगीको आवाज निकाल्ने क्षमतालाई पनि यस भिडियोमा देखाएका छन् । उनी भन्छन्, “मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि उक्त व्यक्तिको क्यारीकेचर गर्न सजिलैसँग सक्छु । सयौँ व्यक्तिको नक्कल गर्न सकेपनि भिडियोमा भने प्रसंग मिलाएर ६२ प्रकारको मात्र आवाज समावेश गरेको छु । आउँदा दिनमा थप व्यक्तिको क्यारीकेचर पनि दर्शकमाझ प्रस्तुत गर्नेछु ।” कलाकार गौतम लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्यै’मा गनगनेको भूमिकामा पनि देखिएका थिए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad