उचाई कम हुने पुरुषहरुका लागि…

कुनै पनि पुरुषका लागि शारीरिक उचाइ उसको आत्मविश्वासको कारक बन्छ । उचाइ कम भएका पुरुषमा हीनताबोध विकास हुनसक्छ । यस्तो हीनताबोध बढ्न नदिन ड्रेसिङ सेन्सका साथ अत्याधुनिक फेसन एसेसरिज प्रयोग गरी समुचित लाभ लिन सकिन्छ । यो विधिद्वारा कम उचाइलाई अग्लो देखाउन सकिन्छ ।

प्वाइन्टेड कलरयुक्त सर्ट

प्वाइन्टेड कलरयुक्त सर्टका साथमा सीधा वा तेर्सो धर्का भएको पातलो एवं छोटो टाई लगाउँदा अग्लो देखिन सहयोग मिल्छ ।

के नगर्ने ?

ठूल्ठूला चेक भएका सर्ट लगाउनु हुँदैन । ठूल्ठूला चेक भएका सर्ट लगाउँदा उचाइ अझ कम देखिन्छ ।

स्लिम फिट पहिरन

उचाइ कम भएकाहरूले पहिरनमा विशेष ध्यान दिनु आवश्यक छ । फिटिङ पहिरन खरिद गर्नुपर्छ, विशेष गरी सर्ट छनोट गर्दा पर्याप्त विचार पुर्‍याउनुपर्छ । स्लिम फिट सर्ट लगाउनुपर्ने भएकाले रेडिमेड पहिरन खरिद गर्नुभन्दा उचित नापमा कपडा सिलाउनु उत्तम हुन्छ ।

के नगर्ने ?

आफ्नो साइजभन्दा एक साइज मात्र बढी पहिरन पनि खरिद गर्नु हँुदैन । खुकुलो पहिरनले थप होचो देखाउँछ ।

ठाडो धर्का भएका पहिरन

ठाडो धर्का भएको सर्ट खरिद गर्नुपर्छ । यस्तो पहिरन लगाउँदा अग्लो देखिन्छ ।

के नगर्ने ?

तेर्सो धर्का तथा ठूल्ठूला चेक भएका सर्ट कहिल्यै लगाउनु हुँदैन ।

सर्टसँग मिल्दो ट्राउजर

सामान्यत: अफिस जाँदा सर्टसँग मिल्दो सर्ट लगाइन्छ, तर कहिलेकाहीँ दुवैको रंगमा धेरै अन्तर हुन्छ ।

अग्ला मानिसले 

जस्तोसुकै पहिरन लगाउँदा पनि फरक पर्दैन तर उचाइ कम हुँदा यसमा विचार पुर्‍याउनुपर्छ । ट्राउजर र सर्ट खरिद गर्दा दुवैको सेडमा ध्यान दिनुपर्छ । दुवै एउटै रंगको खरिद गर्नुपर्छ । यद्यपि यसमा थोरै अन्तर राख्न सकिन्छ । सर्टको तुलनामा थोरै गाढा वा फिक्का ट्राउजर वा पाइन्ट खरिद गर्नुपर्छ ।

के नगर्ने ?

एकैपटक दुई फरक रंगका कपडा लगाउनुहुँदैन । जस्तो सेतो सर्टका साथ कालो

पाइन्ट लगाउँदा उचाइ अझ कम देखिन्छ ।

हलुका फेब्रिक

हलुका फेब्रिकयुक्त स्लिम फिटिङ सर्ट लगाउनुपर्छ जुन काँध र हातमा टम्म मिलेको होस् । यस्तो पहिरनले अग्लो भएको आभास दिन्छ ।

के नगर्ने ?

बाक्ला फेब्रिकका पहिरन लगाउनुहुँदैन । यस्ता पहिरन लगाउँदा मोटो र होचो देखिन्छ ।

बेल्टको छनोट

मोटो र फराकिलो बेल्टको साटो पातलो बेल्ट लगाउनुपर्छ । यसले उचाइ कम देखिँदैन ।

के नगर्ने ?

फराकिलो र ठूलो बक्कलवाला बेल्ट लगाउनुहुँदैन ।

पाइन्ट खरिद गर्दा

पाइन्ट कम्मरभन्दा मुनि लगाउने चलन निकै फस्टाएको पाइन्छ जसमा उचाइ अझ कम देखिन्छ तसर्थ पाइन्ट कम्मरमै लगाउनुपर्छ जसले गर्दा उचाइ कम देखिँदैन । पाइन्टलाई कम्मरभन्दा माथि पनि लगाउनुहुँदैन ।

के नगर्ने ?

खुकुलो पाइन्ट लगाउनुहुँदैन । खुकुलो पाइन्ट लगाउँदा शरीरको माथिल्लो भाग धेरै छोटो देखिन्छ ।

जुत्ताको छनोट

मोटो र अग्लो सोल भएको जुत्ता लगाउनुपर्छ । हिजोआज महिलाहरूले जस्तै पुरुषहरूले पनि अग्लो हिलवाला जुत्ता लगाउँछन् । यसबाट आफ्नो उचाइ बढाउन सकिन्छ ।

के नगर्ने ?

ठूलो आकारको गर्‍हौं जुत्ता लगाउनुहुँदैन किनभने यसबाट खुट्टा ठूलो र उचाइ कम देखिन्छ ।

सानो अफिस ब्याग

काँधमा झुन्ड्याउन मिल्ने सानो अफिस ब्याग बोक्नुपर्छ । सानो आकारको यस्तो ब्याग बोक्दा अग्लो देख्न सकिन्छ ।

के नगर्ने ?

पछाडि भिर्ने ब्याग कहिल्यै बोक्नुहुँदैन । यस्तो ब्यागले शरीरको पछाडिको धेरै भाग छोप्ने हुनाले उचाइ कम देखिन्छ ।

ट्राउजर लगाउँदा

मोहोता वा इलास्टिक भएका ट्राउजर लगाउनुहुँदैन । खुल्ला ट्राउजर लगाएर स्मार्ट देखिन सकिन्छ । पेट र हिप्स ठूलो छ भने सानो मोहोता भएको ट्राउजर लगाउनुपर्छ ।

के नगर्ने ?

मोहोतायुक्त वा ब्यागी ट्राउजर लगाउँदा उचाइ अझ कम देखिन्छ ।

–  सधैं सीधा उभिनुपर्छ ।

– खुट्टाको बीचमा धेरै ग्याप राख्नुहुँदैन । यसबाट उचाइ अझ कम देखिन्छ ।

– पेट बढेको छ भने उभिँदा पेटलाई थोरै भित्र तान्नुपर्छ । यसो गर्दा उचाइ केही बढी देखिन्छ ।

– आफूभन्दा अग्ला मानिसबीच उभिएर कुरा गर्नुहुँदैन । उभिएरै कुरा गर्नुपरेको स्थितिमा केही दूरी कायम राख्नुपर्छ ।

– पाइन्टको खल्तीमा धेरै सामान राख्नुहुँदैन । यसले उचाइ कम देखाउँछ ।

( कान्तिपुर साप्ताहिकबाट साभार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *