Samyentra Dot Com

गृहपृष्ठ » प्रवासपर्वत सेवा समाज युएईद्वरा आर्थिक सहयोग

पर्वत सेवा समाज युएईद्वरा आर्थिक सहयोग

August 6, 2017१८५ पटक

माधव न्यौपाने , युएई ।

पर्वत सेवा समाज युएईले कुश्मा नगरपालिका १ पाङ्गका शिक्षक नारायण पौडेलको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

कुश्मा -९ कटुवा चौपारी मा रहेको आईबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । उनको दुई सातापछि नदी किनारमा शव भेटिएको थियो र डीएनए परीक्षणका क्रममा शव पौडेलकै भएको पुष्टि भएपछि आफन्तले उनको हत्या भएको दाबी गर्दै दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेका थिए। तर अहिले सम्म पनि शिक्षक पौडेल को मृत्यु भएको हो हत्या गरिएको भन्ने खुल्न सकेको छैन।

पौडेलको परिवारको  आर्थिक स्थिति कमजोर भएको भन्दै पर्वत सेवा समाज ले राहत उठाएको थियो । राहत कोष का संयोजक कृष्ण शर्मा पौडेल र सह-संयोजक सिता पौडेलको सक्रियतामा संकलित ६० हजार रूपैया नेपाल पठाएको र पर्वत सेवा समाजका नेपालमा रहेका प्रतिनिधि मार्फत पौडेल को परिवारलाई हस्तान्तरण गर्ने समाजका अध्यक्ष परशुराम पौडेल ले बताउनु भयो ।

पर्वत सेवा समाजले यस अघि पनि बिभिन्न सहयोग गर्दै आएको र आगामि दिनमा पनि त्यसलाई जारी राख्ने अध्यक्ष पौडेलको भनाई छ। समाजको हिजो बसेको बैठकमा सस्थाका संरक्षक ,सल्लाहकार , क्षेत्रिय समिति तथा केन्द्रिय समितीका पदाधिकारी को उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad