भरतपुर १९ मा काङ्ग्रेसको प्यानल नै विजयी

चितवन । भरतपुर महानगरपालिका वडा नं १९ मा नेपाली काङ्ग्रेसको प्यानल नै विजय भएको छ

वडा अध्यक्षमा कंग्रेसका कर्णबहादुर गुरङ विजयी हुनुभएको हो । १९ नम्बर वडाको मतगणना सकिदा मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायमै रहेको छ । तर देवी ज्ञवाली र रेणु दाहालबीचको मत अन्तर भने घटेको छ । मतअन्तर २२१ मा झरेको छ। पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार ज्ञवालीले  ९६६ मत पाएका छन भने माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले १५२९  मत पाएकी छन् ।

मतगणना सकिँदा देबी ज्ञवालीले कुल ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् ।  यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा  कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् ।

अब वडा नम्बर २० को मतले हारजित टुंगो लगाउने छ । वडा १९ मा माओवादीले उत्साही मत पाएको छ भने एमालेका लागि वडा नम्बर १९ बाट अपेक्षाकृत मत नआएको बताईन्छ । (साउन २१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *