Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, हाइलाइटसडक निर्माणका लागि स्कुलको जग्गा बेचिएको भन्दै विवाद

सडक निर्माणका लागि स्कुलको जग्गा बेचिएको भन्दै विवाद

August 1, 2017२५१ पटक

नरेन्द्र बस्नेत, बेलबारी । मोरङको बेलबारी ३ मा निर्माणधिन लोकमार्गदेखि भगवती उच्च माध्यमिक बिद्यालय हुँदै सिजुवारी जोडने सडक निर्माणका क्रममा बिद्यालयको जग्गा मिचिएको भन्दै ब्यापक बिरोध शुरु भएको छ । सिजुवारीदेखि लालीगुराँस साकोस सम्मको ९०० मिटरमा अहिले प्राईम लगाउने काम समेत सकिएको छ । बाँकी ३ सय ५० मिटरको काम अधुरो रहेको छ ।

३ पटक सम्म अमिन लगाएर बाटो नाप्दा समेत ८ मिटर बाटो नपुगेपछि बिद्यालय र पुर्बका सधियार नेत्र सुवेदी र शंकर शाहको घरको पिल्लरको छज्जी काटने र दुबैतर्फबाट ४।४ मिटर जग्गा छोडने सहमति भएको थियो । बिद्यालयले ४ मिटर छोडने क्रममा बिद्यालयको पर्खाल तोडेपनि पुर्बका सधियारहरुले सहमति अनुसार काम नगरेपछि बाटो निर्माण कार्य अलपत्र भएको सडक निर्माण उपभोत्ता समितिका सचिब बिपिन आचार्यको भनाई छ ।यस बिषयमा घरधनी भनिएका नेत्र सुवेदी सँग सम्पर्क गर्दा उनले मजदुर अभावका कारण सहमति अनुसार छज्जी तोडने काम नसकिएको र चाँडै सो काम गराउने बताए ।

के हो जग्गा अतिक्रमणको बास्तविकता ?

बाटो निर्माण गर्ने क्रममा सहमति अनुसार बिद्यालयले पर्खाल भत्काएको ठाँउमा ब्यापारिक प्रयोजनका लागी सटर सहितको भवन निर्माण गर्ने सहमति समेत भएको छ । पर्खाल भत्काईएको बिषयलाई लिएर सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएपछि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बेलबारी २ का वडाअध्यक्ष समेत रहेका घनश्याम गौतम सँग सम्पर्क गर्दा उनले नगरपालिका,बिद्यालय र जग्गाधनीहरुको सहमतिमा २० । २० लाख रकम संकलन गरी जम्मा ६० लाख रुपैयामा बिद्यालयले ब्यापारिक भवन निर्माण गर्ने र बिद्यालयको बाटो तर्फको भवन समेत जिर्ण भएकोले त्यसलाई भत्काईएको उनले बताए । बिद्यालयको जग्गा अतिक्रमण भएको,बिद्यालयले जग्गा बेचेको भन्ने बिषय भ्रामक र कपोकल्पित भएको समेत उनले बताए ।नगरपालिकाकै समन्वयमा सहमतिमा भएको काम गलत नभएको समेत उनको दाबी छ ।

के भन्छन बेलबारीका प्रमुख ?

यस बिषयमा बेलबारी नगरपालिकाका नबनिर्बाचित प्रमुख ज्ञानेन्द्र सुवेदीले राजनीतिक दलहरुको सहमति र सहकार्यमा तिनै पक्षहरु राखेर सहमति जुटाएको बताउँछन । स्थानीय निर्बाचन अगावै भएको सहमति अनुसार बाटो निर्माण कार्य भईरहेको समेत उनले बताएका छन । – पुर्बेली न्युजबाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad