विदेशमा मृत्यु भएका कामदारको परिवारले अब ७ लाख पाउने

काठमाडौ ।
वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका नेपाली कामदारको परिवारले अब क्षतिपूर्ति बापत ७ लाख रुपैयाँ पाउने भएका छ्न ।

सरकारले वैदेशिक रोजगार नियमावली तेस्रोपटक संशोधन गरेर विगतमा मृतकका परिवारले पाउँदै आएको अधिकतम ३ लाख रुपैयाँबाट ७ लाख पुर्याएको हो ।

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको क्षतिपूर्ति रकम दोब्बरभन्दा बढीले वृद्धि भएको हो   यसअघि विदेशमा मृत्यु भएका कामदारको परिवारले ३ लाख रुपैयाँ पाउँदै आएकोमा सो सहयोग रकममा ४ लाख थप गरेर ७ लाख रुपैयाँ पुर्याइएको हो । संशेधित नयाँ नियम आइतबारबाट लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *