Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, पुर्वी नेपाल, मुख्य खबरमोरङमा थपिएछन् १२ हजार मतदाता

मोरङमा थपिएछन् १२ हजार मतदाता

July 31, 2017५७३ पटक

उर्लाबारी । मोरङमा १२ हजार ८ सय ९० जना नयाँ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म ६ हजार २८९ महिला, ६ हजार छ सय पुरुष र एक तेस्रो लिङ्गीको नाम थप भएको छ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रित गरेर तस्बिरसहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो।

यही साउन १ गतेदेखि विराटनगर महानगरपालिकासहितजहदा, कानेपोखरी, मिक्लाजुङ र धनपालथान गाउँपालिका तथा पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा मतदाता नामावली संकलन थालिएको छ। बाँकी स्थानीय तहमा भने सोमबारदेखि साउन मसान्तसम्म मतदाता नामावली संकलन गरिने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad