Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाजपर पुरुषसंग लागेको भन्दै आफ्नै बाबू र दाजुले गरे हत्या

पर पुरुषसंग लागेको भन्दै आफ्नै बाबू र दाजुले गरे हत्या

July 31, 2017४१८ पटक

महोत्तरी / गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा गत मंगलबार मृत फेला परेकी महिलालाई उनकै बुबा र दाजुले हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनले विभिन्न परपुरुषसँग अनैतिक सम्बन्ध राखेको कारण आफ्नै बुबा र दाइले मारेर फालेको प्रहरीले बतायो ।

अन्दाजी वर्ष २५ की सन्तोलियाकुमारी महतोको परियोजनाको जंगलको खोल्सामा शव फेला परेको थियो । उनको हत्या बाबु शिवु भन्ने शिवजी महतो र दाजु विनोदकुमार महतोले गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । उनीहरू दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

सन्तोलियाको ०६९ सालमा महोत्तरीको गौशाला नगरपालिका–२ का विक्रम महतोसँग विवाह भएको थियो । उनका श्रीमान् अहिले वैदेशिक रोजगारीमा छन् । उनले परपुरुषसँग अनैतिक सम्बन्ध राख्दै आएको र सम्झाउँदा पनि नमानेपछि हत्या गरेको बाबु र दाजुले स्वीकार गरेको प्रहरी उपरीक्षक लम्सालले बताए ।

प्र्रहरीसँगको वयानमा बाबु शिवजी महतोले छोरीले गलत कार्य बन्द नगरेपछि बाध्य भएर हत्या गरेको बताएको प्रहरीको भनाइ छ । उनले घाँटीमा सलको पासोले कसी छोरीको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

अभियुक्तहरूले शनिबार नै सन्तोलियाकुमारीको हत्या गरेको बयान दिएका छन् । उनको शव भने प्रहरीले मंगलबार मात्र फेला पारेको थियो । जंगलमा शव गनाउन थालेपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad