Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, भिडियोएक भिडियो जसले झण्डै रुवाएछ कलाकारहरुलाइ पनि ( भिडियो सहित)

एक भिडियो जसले झण्डै रुवाएछ कलाकारहरुलाइ पनि ( भिडियो सहित)

July 31, 2017८५८ पटक

गायक भिषण मुकारुङले राष्ट्रको मोति भन्दा मुल्यबान सम्पति युवालाई देशले चिन्न नसकेको र युवा भित्रको उर्जा बिदेशमा बेच्नु पर्ने बाध्याता अनि बास्तबिक्ताको गीत ‘कोही उदास’ को भिडियो लिएर आएका छन् ।

उनको ‘चन्द्र मुखी’ एल्बममा समावेश रहेको यो गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ ।

बिहीबार आफ्नो जन्म दिनको अवसरमा उनले भिडियो सार्वजनिक गरे । गीतको शब्द सृजना शुभ मुकारुङले गरेका हुन् भने संगीत बलराम समालले गरेका हुन् ।

विज्ञान राईले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगाएतको अभिनय रहेको छ ।

गायक मुकारुङको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको भिडियो विज्ञान र योगेन्द्रले निर्माण गरेका हुन् । गायक मुकारुङले आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट र जिवन्त गीत भएको सुनाए । उनले जीवनमै पहिलो पटक बिना लगानी म्यूजिक भिडियो निर्माण भएको भन्दै विज्ञान र योगेन्द्रलाई धन्यवाद समेत दिए ।

गीतकार शुभ मुकारुङले आफुले नेपाली समाजको यथार्थलाई शब्दमा उतारको बताए । कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङ राई लगायतले जिवन्त गीत बनेको बताए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad