आमा-छोरा नै बाबू-छोरी बनेपछि..


एजेन्सी
श्रावण १५  , २०७४ – एउटा वृत्तचित्रले अमेरिकाको डेट्रोइडमा बस्ने एक परिवारका आमा छोराको लिंग परिवर्तन गराईदिएको छ ।

ट्रान्सजेन्डरसम्बन्धी एक वृत्तचित्र हेरेपछि सात सदस्यीय उक्त परिवारले लिंग परिवर्तन गरेका हुन । अहिले यो परिवारको  नाता सम्बन्धमा भिन्नता देखिएको छ । प्राप्त समाचारअनुसार पाँच सन्तानकी आमा एरिकालाई विवाहअघि नै महिला भैरहन पटक्कै मन थिएन ।

उनी आफ्नो स्तनमा क्यान्सर देखिए त्यसलाई फ्याँकेर पुरुष बन्ने सोचमा थिइन्, तैपनि वैवाहिक जीवनमा प्रवेश गरेर उनले लगालग पाँच छोरा–छोरी जन्माइन् ।

उनका छोरा कोरी आफूलाई छोरी महसुस गर्थे । आमा–छोराको कुरा मिल्दै गएपछि कोरीले हार्मोन थेरापी प्रयोग गर्दै आफूलाई छोरीमा परिणत गरिन् । छोरीको कार्यबाट हौसला प्राप्त गरेपछि आमा एरिकाले पनि पहिले हार्मोन थेरापी गरिन् भने पछि स्तन हटाएर उनी एरिकमा परिवर्तित भए ।

लिंग परिवर्तनपछि पहिलेकी आमा अहिले सबै सन्तानका बाबु बनेका छन् भने छोरा भएर जन्मिएका कोरी छोरी भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *