Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीतछथर सुक्रबारेमा भब्य सांस्कृतिक कार्यक्रम र बिभिन्न प्रतियोगिताहरु हुने

छथर सुक्रबारेमा भब्य सांस्कृतिक कार्यक्रम र बिभिन्न प्रतियोगिताहरु हुने

July 27, 2017११७ पटक

प्रकाश पाक्साँवा, तेह्रथुम / तेह्रथुमको छथर सुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको ए्तिहाँसिक भदौ पुर्णिमाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रमको साथमा बिभिन्न प्रतियोगिताहरु आयोजना हुने भएको छ ।

बिगतका बर्षहरु झै यस बर्ष पनि रत्नदेबी युबा सेवा समाज छथर सुक्रबारेको आयोजनामा छथर क्षेत्रलाई खेलकुद बिकास गर्ने उदेश्यका साथ अहिले सम्मकै उच्चधनरासीको खुल्ला भलिबल प्रतियोगिता हुने भएको समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । उहाँका अनुसार भलिबल प्रतियोगितामा बिजेताले नगद ३५ हजार प्रमाण पत्र र मेडल प्राप्त गर्ने भएका छन । त्यस्तै उपबिजेताले २० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।
त्यस्तै संस्कृती तथा कला संरक्षणका लागी आयोजन ागर्न लागीएको सांस्कृतीक कार्यक्रममा प्रथम हुुनेले नगद १० हजार प्रमाण पत्र दोश्रो स्थान प्राप्त गर्नेले ६ हजार नगद प्रमाण पत्र र तेश्रो स्थान प्राप्त गर्नेले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने भएका छन । प्रतियोगिताहरुमा यस बर्ष ब्याडमिन्टन प्रतियोगितालाई पनि थप आर्कषकको रुपमा राखीएको आयोजकले जनाएको छ ।
ब्याडमिन्टनमा बिजेताले हुनेले नगद १० हजार प्रमाण पत्र र उपबिजेता ५ हजार नगद सहति प्रमाण पत्र प्राप्त गर्ने भएका छन । परम्परादेखी लाग्दे आएको ऐतिहासिक भदौ पुर्णीमाको अबसरमा यस क्षेत्रका धामीझाँकीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सम्मान गरीने भएको छ । छथर क्षेत्रलाई पर्याटन बिकास सँगै छथरलाई समृद्ध छथरको रुपमा बिकास गर्ने उदेश्यका साथ आन्तरीक तथा बाह्रीय खेलाडीहरुलाई भित्र्याउने लक्ष्यका साथ बिगत बर्षहरु देखी नै बिभीन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको समाजले यस बर्ष थप प्रतिायोगिताहरु आयोजना गर्न लागेको छ ।

प्रतियोगिताहरु सँगै ऐतिहाँसिक मेलामा तेह्रथुम पान्थर धनकुटा सुनसरी तथा संखुवासभा लगायतका ठाँउबाट खेलप्रेमी सँगै मेला भर्नका लागी स्थानीयह आउने गरेका छन । मेला भर्न आउने पर्याटकहरुले लिम्बुवानको ऐतिहाँसिक राजधानी ताक्लुङ गडी साँवा लिम्बुहरुको माङगेना यक चाङसिङ गडी लगायतका स्थानहरुको अबलोकनका साथै सेप्माङलुङको दर्शन गर्ने तिर्थालुहरुको आगमन हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad