लागुऔषधसहित पक्राउ

मोरङ/ मोरङको बिराटनगर १५ स्थित भट्टीमोड चौकबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन । विराटनगर ६ केसलिया नहर बस्ने बर्ष १७ को बिक्रम बयलकोटीलाई प्रहरीले २० पिस नाईट्रोजन ट्याब्लेट सहित बुधबार विहान साढे सात बजे विराटनगर १५ भट्टिचौकबाट पक्राउ गरेको हो ।

बयलकोटीलाई सादा पोशाकमा खटिएका प्रहरीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट सो परिमाणको ट्याब्लेट बरामद भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *