पाँचौ महाधिवेशनको तयारीमा जनप्रगतिशिल मन्च कतार

नारायण रपाल बिस्वकर्मा, कतार / नेपाली जनप्रगतिशिल मन्च कतार को महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न भएको छ ।
पाँचौ माहाधिबेशन आयोजक कमिटि संयोजक रकम राईको अध्यक्षतामा जुलाई २१ का दिन कतार को औद्योगिक क्षेत्र सनैया को एक लेबर क्याम्पमा सम्पन्न बैठकले महाधिवेशनलाई मध्यनजर राख्दै विभिन्न कार्यबिभाजन समेत गरेको आयोजक समिती सदस्य तथा पुर्ब सचिब महेश दाहालले जानकारी दिएका छन ।
१० बर्षे  जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका आन्दोलन मा देस र जनताका खातिर ज्यानको आहुती दिने महान सहिदहरुप्रती श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गर्दै सुरु भएको कार्यक्रम लाई सन्चालन मन्च का पुर्ब सचिब तथा आयोजक कमिटी सदस्य महेश दाहाल ले गरेका थिए ।
बैठक ले साँस्कृतिक विभागमा निकास घलान तामाङ, संगठन विभागमा मोहन कार्की, प्रचारप्रसार बिभागमा राज देबकोटा, व्यवस्थापन बिभागमा राजु डुम्रे, विधान संसोधनमा टिकाराम भण्डारी , अार्थिक विभाग बुद्धि भण्डारी, यातयात विभागमा प्रेम परियार, यूवा विभागमा लक्ष्मण कंडेल, सांगठनिक प्रतिवेदनमा रकमध्वज राई संयोजक तोकेको छ ।
मन्चले कतार मा संगठन लाई ब्यवस्थित गर्दै अल्खोर रस्लाफान, अोखीर होमसाईड अोख्रा, सनैया, न्यूसैलिया सुपर सैलीया, दोहा मुर्रा र लेबर सिटि भरूवा सिटि गरि सात क्षेत्रीय समिती मा गठन गरेको छ । बैठकमा महाधिवेशन आयोजक समिती का सह संयोजक राजु डुम्रेले सात पेजको लामो संगठनको अबधाराणा पत्र समेत प्रस्तुत गरेका थिए भने आयोजक समितीमा रहेका पदाधिकारी हरु रमेश भट्ट , मोहन कार्की, टिकाराम भण्डारी, प्रेम बिक, प्रेम लामा लगायत को उपस्थिति रहेको मन्च का पुर्ब सल्लाहकार तथा आयोजक समिती सदस्य मोहन कार्की ले जानकारी दिएका छन ।
सोही बैठक मा रोजगारी को सिलसिलामा कतारमा रहेर आफ्नो बचेको समय मन्च प्रति समर्पित गर्दै संगठन मा आबद्ध सदस्य सेर बहादुर शाहि कतार को बसाई बिट मार्दै मातृभुमी फर्कन लागेपछि बैठक अध्यक्ष रकमध्वज राईले खादा ओडाई ससम्मान बिदाई गरेका छन । उनी दुई बर्ष देखि कतार मा श्रम गरिरहेका थिए ।
नेकपा माओवादी केन्द्र सम्बद्ध बिदेस स्थित संगठन नेपाली जनप्रगतिशिल मन्च कतार को जुलाई १४ मा सम्पन्न भएको राष्ट्रिय बिस्तारित भेला ले सेप्टेम्बर १५ मा मन्च को पाँचौ महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही भेलाले सबै प्रकार का पुराना समिती हरु बिगठन गर्दै रकमध्वज राईको संयोजकत्वमा राजु डुम्रे उपसंयोजक रहने गरि ५१ जना को पाँचौ महाधिवेशन आयोजक समिती गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *