Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुकअलपत्र परेका राईलाई खोटाङ सेवा समाज कतारको सहयोग 

अलपत्र परेका राईलाई खोटाङ सेवा समाज कतारको सहयोग 

July 24, 2017१८९ पटक

 रुद्र शर्मा,  कतार  l खोटाङ सेवा समाज कतारले कतार आएका खोटाङका प्रदिप राइलाइ  निज पिडित कै कम्पनीको क्याम्पमा गएर  आर्थिक नगद र खाद्यान्न समाग्री  सहयोग गरेको छ  l
खोटाङ जिल्ला दिप्रुंङ गाउपालिका १ बतासे निबासी प्रदिप राइ करिब ३ महिना अगाडि  कतारको क्यापिटल ब्रान्च भन्ने कम्पनिमा रोजगारीको सिलशिलामा आएका थिए l तिन महिना सम्म कम्पनीमा लगातार काम गर्दै आउदा कम्पनीले दिनु पर्ने सेवा सुबिधा र तलब नदिए पछि पिडित राइले खोटाङ सेवा समाज कतारका उपाध्यक्ष रुद्र शर्मा आचार्य मार्फत सस्थालाइ जानकारी गराउदै सहयोग अपील गरेका थिए l पीडित राइको अपील उपाध्यक्ष्य रुद्र शर्मा आचार्य मार्फत सस्थालाई जानकारी गराइएको थियो ।
 जानकारी आए पस्चात सस्थाका अध्यक्ष तिला बहादुर खत्रीले तत्कालका लागि सस्थाका तर्फबाट केही नगद कतारी रियल र खाद्यान्न सामाग्री सहयोग गरेको हो l उपाध्यक्ष रुद्र शर्माको नेतृत्वमा सचिब परशुराम श्रेष्ठ, कोषाध्यक्ष दिल्ली शेर खडका र बरिस्ठ सदस्य बलराम तामाङले पिडित लाइ प्रत्यक्ष्य भेटेर पीडित राई बस्ने क्याम्पमै पुगेर सहयोग गरेको थियो ।
कम्पनिले भने जस्तो सेवा सुबिधा र तलब नदिए पछि पीडित राइ नेपाल फर्किएका छन् l नेपाल फिर्ताको लागि परिवारजन मार्फत हवाई टिकट  गरी हालै  नेपाल फिर्ती भएको  बताइएको छ l
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad