गोठमा बस्दै आएका चिरञ्जीवीलाई सानुको सहयोग

                                    

रामकुमार परियार
श्रावण ४ – करिब २२ वर्ष देखि गोठमा कष्टकर जीवन बिताईरहेका पथरीशनिश्चरे नगरपालिका वडा नं ९ का अशक्त नेत्रहिन चिरञ्जीवी अधिकारीलाई लेभ्नानबाट सानू राईले ह्विल चियर प्रदान गरेकी छिन ।

रोजगारीको शिलशिलामा लेभ्नानमा कार्यरत सानू राईले गत महिना विभिन्न संचारमाध्यम मार्फत अधिकारीको विपन्नता र दयनीय स्थितिको बारे थाहा पाएपछि आफ्नी दिदि प्रेमला राई मार्फत ह्विल चेयर प्रदान गरेकी हुन ।

गत महिना नयाँ पत्रीका , एभिन्युज लगायतका विभिन्न संचार माध्यममा नेत्रहीन अधिकारीको दयनिय स्थितिको बारेमा समाचार प्रकाशित भएका थिए । जन्मिना साथ दृष्टि गुमाएका अधिकारीले एक वर्ष नपुग्दै आमा गुमाएका थिए ।

दुवै आँखा नदेख्ने , सुस्त मनिस्थिती र कुपोषणका कारण हात खुट्टा नचल्ने हुँदा उनी एक ठाउँबाट अर्को ठाउँ हिंड्डुल गर्न सक्दैनन । टाउको समेत झोक्री रहन्छ । शौचको टुंगो नभएकाले परिवारले उनलाई गोठमै पिर्कामा बस्ने व्यवस्था गरेका छन् । उनको संपुर्ण दिनचर्या त्यही पिर्कामा बित्ने गर्थियो । उनको यो दयनीय स्थिती थाहा पाएर राईले आफ्नी दिदी प्रेमला राई मार्फत सोमबार २० हजार रुपैया बराबरको ह्विल चेयर हस्तान्तरण गरेकी छिन ।

ह्विल चेयर ग्रहण गर्दै वर्षौं देखि पिर्कामा जीवन बिताउँदै आएका आफ्नो छोराले अब आरामले  बस्न पाउने भएको भन्दै बाबू मद्नबहादुर अधिकारीले खुसी व्यक्त गरे । आँखा भरी आँसु पार्दै उनले विदेशमा रहेर पनि ठूलो सहयोग गरेकोमा राईलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *