Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद, मुख्य खबरअण्डर १९ विश्वकप क्रिकेट : नेपालले हरायो सिंगापुर र मलेसियालाई  

अण्डर १९ विश्वकप क्रिकेट : नेपालले हरायो सिंगापुर र मलेसियालाई  

July 18, 2017५०३ पटक

पहिलो दिनको खेलमा ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको हो । नेपालका प्रनित थापा रमगरले २६ बलमा २३ रन, अनिल शाहले २२ बलमा १९ रन, रोहित कुमारले पौडेलले १२ बलमा ११ रन बनाए । नेपालका सन्दीप सुनार ९ बलमा १ रन साथै आशिफ शेख ५ बलमा ४ रन बनाउँदा आउट भए । दुवै विकेट आर्यमन सुनिलले लिएका हुन् । नेपालको तेस्रो विकेट दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाउँदा आउट भए । उनलाई रोहन रंगराजनले आउट गरे । प्रनितलाई अंश भार्गवले आउट गरे । अनिल शाहलाई आहान गोपीनाथ आचरले आउट पारेका हुन् ।

पहिले ब्याटिङ गरेर २९ ओभरमा ७३ रन बनाउँदा सिंगापुर अल आउट भएको हो । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरेको हो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।  यस्तै शाहब आलमले तीन र किशोर महतो दुई विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाए । उनले ६ चौका र एक छक्का हाने ।

नेपालका लागि पहिलो विकेट किशोर महतोले सिंगापुरका रोहन रंगराजनलाई शून्यमै आउट गरेका हुन् । सन्दीप लामिछानेले सियन अग्रवाललाई ३३ बलमा ११ रन बनाउँदा आउट गरे । सन्दीपले नै सिंगापुरका सिद्धान्तलाई पनि ११ बलमा ४ रन बनाउँदा आउट गरे । शाहव आलमले युवराज सिंहलाई २२ बलमा २ रन बनाउँदा आउट गरे । सन्दीप लामिछानेले हन्सुल दीपलाई १ रनमा र आर्यमन सुनिललाई शून्यमा आउट गरे । सन्दीपले नै जनक प्रकाशलाई पनि शून्यमै आउट गरेर आफ्नो पाँचौ विकेट लिए । शाहब आलमले बिक्रम वीर विश्वारेलाई २३ बलमा ३ रन बनाउँदा र आहान गोपीनाथ आचरलाई ९ बलमा २ रन बनाउँदा आउट गरे । अन्तिम विकेट किशोर महतोले लिए । उनले ३९ बलमा ४२ रन बनाएका ब्रिगु ऐयरलाई आएट गरे ।

त्यसैगरी   अण्डर–नाईन्टिन विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

सिंगापुरमा मंगलवार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो । खेलमा मलेसियाले दिएको ५९ रनको झिनो चुनौती नेपालले १० औं ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

आक्रामक ब्याटिङ गरेको नेपालको लागि आसिफ शेखले २३ रन तथा प्रनित थापामगरले १८ रनको योगदान दिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २६ औं ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्रै जोड्न सक्यो ।

नेपालका कप्तान सन्दिप लामिछानेले यस खेलमा  पनि ५ विकेट लिएका थिए । लामिछानेले हिजो सोमबार सिंगापुरविरुद्धको खेलमा पनि ५ विकेट लिएका थिए । चार टोली सहभागि अण्डर नाईन्टिन विश्वकप अन्तर्गत एसियाली समूहको छनोटमा नेपाल र अफ्गानिस्तानलाई दावेदार मानिएको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने एउटा टोली अण्डर नाईन्टिन विश्वकप क्रिकेटका सहभागी हुन पाउनेछ ।

नेपाल दुई वर्षअघि बंगलादेशमा भएको १९ बर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad