Samyentra Dot Com

गृहपृष्ठ » अर्थ/बाणिज्य, मुख्य खबरमोरङमा एक अर्ब हाराहारीको बजेट फ्रीज

मोरङमा एक अर्ब हाराहारीको बजेट फ्रीज

July 17, 2017५३५ पटक

बिराटनगर ।  चालु आर्थिक वर्षमा मोरङमा १० अर्ब ५७ करोड ६७ लाख १० हजार चालु बजेट मध्ये ९ अर्ब ७४ करोड १० लाख ७४ हजार रुपैया खर्च भएको छ ।

सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरमा केन्द्रबाट विनियोजन भएको मध्येबाट ९२ करोड रुपैयाँ   फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा सो कार्यालयका लागि  १ अर्ब ३३ करोड ५१ लाख रुपैया बजेट विनीयोजन भएको थियो । कुल बजेट मध्ये ४१ करोड ६२ लाख रुपैया मात्र खर्च भएको छ  ।

त्यस्तै सुनसरी मोरङ सिचाई योजनाको २२ करोड रकम फ्रिज भएको छ । सो आयोजनाको लागी एक अर्ब १५ करोड २७ लाख बजेट मध्येबाट ९४ करोड, २५ लाख २३ हजार मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका प्रमुख किशोर कुमार वरालका अनुसार जिल्ला समन्वय समिती मोरङको १० करोड रुपैया बजेट फ्रीज भएको छ । सम्पुर्ण बजेट ३६ लाख ७३ करोड मध्येबाट २४ करोड ४३ लाख मात्र खर्च भएको हो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad