Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, हाइलाइटएनआरएनए कतारमा ३ हजार ५१ जनाको आवेदन

एनआरएनए कतारमा ३ हजार ५१ जनाको आवेदन

July 17, 2017४२० पटक

दिल कुमार श्रेष्ठ , दोहा l एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाई २०१७ मा सकिएको छ  l म्याद सकिएसंगै आगामी कार्यकाल  १७ – १९ को  पार्षद सदस्यताको लागी आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ  l

भर्खरै प्राप्त जानकारी अनुसार अहिले  आवेदन दिएका आवेदकहरुको  प्रमाणित कागजातहरु चेकजांच गर्ने काम भई रहेको छ l सम्पूर्ण प्रक्रिया सकिएसंगै  अन्तिम नामावली प्रकासन गरिने जानकारी एlनसीसी कतारका अध्यक्ष विनेश तामांगले जानकारी दिए l

आवेदन दिने समयको समाप्तिसंगै कतारको दोहामा अधिवेशनको माहोल तातिरहेको छ l यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका चिर परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आ-आफ्नो उमेदवारी घोषणा गरेका छन् l

फारम सुल्क पहिलेको तुलनामा आधा कम्ति भएको अवस्थामा पहिलेको हाराहारीमा पार्षद सदस्यहरुले  आफ्ना सदस्यता दर्ता गराएका छन्  l

शुल्क पहिलेको तुलनामा आधा झरेर निम्न बर्गीय श्रमिकहरुको लागी अनुकुलता लागी भनिए पनि  खासै उत्सुकताका साथ सदस्यता लिनेको संख्या बढेको पाइएन l

४ लाख भन्दा बढी  नेपालीहरु कार्यरत रहेको कतारका नेपालीहरुले नबुझेर हो या अनलाइन सिस्टमले कारण अहिले सोचेको अनुरुप सदस्यता वृद्धि देखिएन l  यसलाई कतारमा कार्यरत प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले कुन रुपले लिएका छन् त्यो भोलिका दिनले बताउने छ l

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad