Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाजस्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न माग

स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न माग

July 15, 2017३५६ पटक

 फिपराज बेघा, मोरङ । संघीय समाजबादी फोरम नेपाल मोरङ्ले जिल्ला को १७ बटै स्थानीय तहबाट  फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न माग गरेको छ ।
निर्वाचन आयोगले साउन १ देखि १५ गते सम्म सदरमुकाम केन्द्रित मतदाता नामावली सङ्कल गर्ने भनेको छ । संघीयले मतदाता नामावलीको समयसीमा साउन मसान्तसम्म थप्नुपर्ने सो को सूचना सन्चार माध्यममा प्रचारप्रसार को ब्यवथा गर्नुपर्नेलगायत ८ बुदे माग गरेको छ ।
शुक्रबार जिल्ला अध्यक्ष राज कुमार यादवले निर्वाचन आयोगका क्षेत्रीय प्रमुख प्रेम सन्जेलमार्फत निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौलाई ज्ञापन पत्र बुझाएको हो । निर्वाचन शिक्षा प्रभाबकारी नभएकोले  बदर मत बडेकाले प्रभाबकारी मतदाता शिक्षा संचालन गर्नु पर्ने, निर्वाचन प्रयोजनको कर्मचारी , मतदाता शिक्षक नियुक्त गर्दा समाबेशी समानुपातिक शिदान्तको आधारमा समुदायगत प्रतिनिधित्वको ब्यवथा गर्नुपर्ने, उम्मेदवारले निर्वाचन खर्चको सिमा बिपरित  लाखौं खर्च गरेकोले निस्पक्ष छानबिन र कार्बाही गर्नुपर्ने, रास्ट्रीय सुरक्षा को दायित्व सम्हाल्ने सेना लाई निर्वाचन मा परिचालन नगर्न लगायत माग संघीयले राखेको छ ।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad