Samyentra Dot Com

गृहपृष्ठ » खेलकुदएएफसी यु-२३ छनौट खेलमा आज नेपाल र युएई भिड्दै

एएफसी यु-२३ छनौट खेलमा आज नेपाल र युएई भिड्दै

July 15, 2017६२१ पटक

युएई– आगामी वर्ष चिनमा संपन्न हुने एएफसी यु – २३ च्याम्पियनसिपको  छनौट चरणको पहिलो खेल आज संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाल र आयोजक राष्ट्र युएई बिच हुँदैछ ।

युएईको अलऐन स्थित तहनोन बिन मोहमद रंगशालामा स्थानीय समय अनुसार साँझ ६:२५ बजे नेपाल र युएई भिड्नेछन् ।

कप्तान विमल घर्ती मगरको नेतृत्वमा नेपाली टोलिले आयोजक राष्ट्र युएई सहित उज्वेकिस्तान र लेबनानसंग थप एकएक खेल खेल्नेछ ।

सोमबार राती ६:२५ बजे नेपाल र उज्वेकिस्तान बिच दोस्रो खेल हुँदैछ । त्यस्तै बुधबार ९:१५ बजे नेपाली टोलिले लेबनान संग अन्तिम खेल खेल्नेछ ।

असार ३१ देखि साउन ८ गते सम्म एसियाका विभिन्न देशहरूमा छनौट चरणका खेलहरु संचालन हुँदैछ । युएईमा नेपाल सहित समुह डि का ९ देश भिड्नेछन् ।

को को आए युएई ?

मुख्य प्रशिक्षक राजुकाजी शाक्य सहित विमल घर्ती मगरको नेतृत्वको नेपाली टोलि छनौट खेलका लागि बिहिबार युएई आएको हो ।

युएई आएको नेपाली टोलिलाई युएईमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि र फुटबलप्रेमीहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

नेपाली टोलिमा एलेन न्यौपाने , अशोक बराल , किशोर गिरी , अनन्त तामाङ , दीनेश राजवंशी , गौरव बुढाथोकी , कमल श्रेष्ठ , अमित तामाङ , निरज बस्नेत , छिरिङ गुरुङ , लक्ष्मण जिसी, हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा , सुनील बल , पुजन उपरकोटी , तेज तामाङ , डोना थापा , विवेक बस्नेत ,अन्जन विष्ट , संजोग राई र विश्वास श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad