Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुकपत्रकार पाण्डेलाइ युएइबाट बिदाइ

पत्रकार पाण्डेलाइ युएइबाट बिदाइ

July 14, 2017२५२ पटक

मजदुर अनलाईन/दुबई। बैदेशिक रोजगारीमा रहदै एक दशक देखी युएइ मा कलम चलाउदै आएका नेपाल पत्रकार महासंघ युएइ शाखाका सदस्य तथा मजदुर अनलाइन डटकमका प्रबन्ध निर्देशक रहेका निमकान्त पाण्डे युएइ को बसाइलाई बिट मार्दै नेपाल फर्क्रेका छन्  ।
करिब १७ वर्ष देखि युएई लाई आफ्नो कर्म थालो बनाएका पाण्डे आफुले पत्रकारिता गर्दा कुनै व्यक्ति बिसेष, समुदाय र राजनीति आस्था बाट बिचलित नभई बिशुद्ध मजदुरको पक्षमा रहदै उनीहरुका समस्या र पीडाको आवाजलाइ साथ दिएको सहकर्मीहरुले बताएका छन् ।
नेपाल अरब डटकम बाट पत्रकारितामा प्रबेस गर्दै मजदुर अनलाईन डटकम मा ५ बर्ष प्रधान सम्पादक गरेका पाण्डे बरदुबई को शुभयात्रा ट्राभल्समा आयोजित  पत्रकार महासंघको बिदाइ कार्यक्रममा निकै भाबुक मुद्रामा “केटो आएको थिए बुढो भएर जादै छु” आफ्नो अनुभुति पोखेका थिए।
नेपाल पत्रकार महासंघ युएई शाखा का अध्यक्ष भुपराज बस्यालले सभापतित्वमा भएको उक्त कार्यक्रमलाई संकल्प खनाल,निमेष गिरि,एकेन्द्र थापा र बिनोद श्रेष्ठ क्रान्तिले मन्तब्य तथा शुभकामना राखेका थिए भने सचिब मेघराज सापकोटाले बिदाई कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा युएइमा क्रियासिल तथा महासंघका सदस्यहरुको उपस्थित रहेको थियो।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad