Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनकला र गलाकी नक्षत्र हुन् गायिका धन कुमारी 

कला र गलाकी नक्षत्र हुन् गायिका धन कुमारी 

July 13, 2017२२२ पटक

काठमाडौँ /  कला र गलाको धनि बरिष्ट तथा चर्चित लोक गायिका धन कुमारी थापा सरुलाइ लोक सस्कृतिको एक धरोहर स्रस्टा मान्न सकिन्छ l नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी चर्चित लोक दोहोरि गायिका धन कुमारी थापा सरु बिगत दुइ दशक देखि आफ्नो कला, भाका, लोक सस्कृति र पहिचान जोगाउन तल्लिन छिन l

नेपालमा नै पहिलो पटक रोदी अर्थात लोक दोहोरी साझ खोलेर लोक दोहोरिलाई ब्यबसायिक रुपमा अगाडी बढाएर निरन्तर रुपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाइ जीबन्त रुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा सरु नेपाली लोक संगीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी चर्चित गायिका हुन l बिगत दुइ दशक देखि निरन्तर रुपमा लोक संगीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौ चर्चित  गायक गायिकाहरु समेत आफ्नो रोदी घर बाट तथा आफै संग गाउन लगाएर नेपाली लोक सांगीतिक फाटमा उत्पादन गरिसकेकी छिन l तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ l उनि गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन l

विभिन्न टेलिभिजन देखि अन्य कार्यक्रमहरुमा समेत लोक भाका, लोक सस्कृतिलाई जगेर्ना गर्न फरक फरक कार्यक्रमहरु संचालन गरिसकेकी बरिष्ट लोक गायिका धन कुमारी थापाले डेड दर्जन भन्दा बेसी आफ्नै लोक दोहोरि एल्बम नेपाली सांगीतिक बजारमा निकालिसकेकी छिन भने लगभग दुइ सय भन्दा बेसी लोकगितहरुमा आफ्नो सुमधुर तथा जादुमय आवाज भरिसकेकी छिन l  लोक सस्कृति, लोक भाका, तथा लोक दोहोरीको क्षेत्रमा पुर्याएको अतुलनिय योगदान स्वरुप दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरु समेत हात परिसकेकी चर्चित तथा बरिष्ट लोक दोहोरि गायिका धन कुमारी थापा सरुले यूरोपको विभिन्न मुलुक देखि लिएर जापान, लन्डन, हंगकंग, दुबई, कतार, मलेसिया लगायतका अन्य दर्जनौ मुलुकहरुमा गएर आफ्नो सुमधुर प्रस्तुतिहरु प्रस्तुत गरेर मुलुकमा मात्र नभएर मुलुक बाहिर समेत आफ्नो पहिचान सस्कृति जोगाउन सफल भएकी छिन l लोक गित संगीतमा मात्र नभएर उनि भजन तथा अन्य गित गाउन पनि उत्तिकै खप्पिस छिन l सानै देखि आध्यात्मिक भजन तथा अन्य कार्यहरुमा संलग्न हुन मन पराउने  चर्चित गायिका धन कुमारी थापा सरु आफ्नो सस्कृति धर्म कर्ममा पनि उत्तिकै विश्वास गर्छिन l  

लोक गित संगीत मात्र नभएर उनि सामाजिक कार्यमा समेत उनले निकैनै अग्रणी भूमिका निर्बाह गर्दै आएकी छिन l  देशको विभिन्न ठाउमा आश्रम निर्माण गर्नुको साथै उनले सयौ अनाथ अपाङ्ग बालबालिकाहरुलाई गास बास कपास तथा शिक्षाको पूर्ण ब्यबस्था गरि उनीहरुको उज्जवल भबिष्यलाइ सुनिस्चित बनाउने कार्य गरेकी छिन त्यसको अलावा महिला, बृद, बृदा तथा दुखि पिडितहरुको सेवामा समेत उनले आफ्नो जिबनको धेरै समय खर्च गरिसकेकी छिन l

चाडैनै अन्य तिन वटा गित तथा म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा लिएर आउन लागेकी गायिका नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल चर्चित तथा बरिष्ट गायिका हुन् धन कुमारी थापा सरु । नेपाल भित्र पनि विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहने बरिष्ट गायिका धन कुमारी थापा सरुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन l दर्जनौ हिट गितहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना कतिपय गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन भने दर्जनौ आधुनिक गितहरु समेतमा उनले आफ्नो मिठो आवाज भरि सकेकी छिन l सुन्दर तन संगै सुन्दर मनकि पनि धनि भएकी चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा “सरु” सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि आफैमा एक लोक संगीतको पारखी पनि हुन् l उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l गायिका सरु भन्छिन लोक सस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोक दोहोरीलाई बचाई राख्नु अनि सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि त्यसैले पनि म बेसी लोक संगीतमा बढी झुकाब राख्छु l

 
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad