Samyentra Dot Com

गृहपृष्ठ » आलेख, मुख्य खबर, हाइलाइटघुम्दा घुम्दै मैले देखेको स्थानीय चुनाव

घुम्दा घुम्दै मैले देखेको स्थानीय चुनाव

June 29, 2017४९६ पटक

अम्बिका भण्डारी
स्थानीय चुनाब अनुगमनका क्रममा एकाबिहानै मोरङको लेटाङ पुगेको िथएं । साढे ७ बजेतिर लेटाङ ६ स्थित गुवाबारी मावि पुग्दा मतदाताको भिड बाक्लै थियो । सभासद डिक बहादुर लिम्बू आफ्नो वडाको मतदान केन्द्रमै थिए । म त्यहाँ पुग्नुको इरादा अर्को पनि थियो त्यो हो मेरो दाइको मृत्युको सातौं दिनको काजकिरिया गरिरहेका भाउजु र भतिजा भतिजीहरुलाइ भोट हाल्ने वातावरण मिलाउनु ।

काङ्ग्रेसबाट वडा सदस्यको उम्मेदवार बन्नुभएका दाइको मृत्युपछि दाइको सट्टा भतिजो रामचन्द्र उम्मेदवार पनि भएकोले किरिया बसेकै अबस्थामा भोट दिने वातावरण बनाउने अभिभावकीय दायित्व पुरा गरेर म बेलबारीतिर लागें । लेटाङकै अर्को मतदान केन्द्रबाट पनि तेस्रो दिनको किरिया बसेकाले पनि भोट हालेछ्न ।
बेलबारीको १२ वडामा पर्ने भाउन्ने र ११ लक्ष्मीमार्गको लक्ष्मी माबिको ्मतदान केन्द्र हेरेर म बेलबारी पुगें । बेलबारी नगरपालिका, भगवती मावि र कबिर मावि पुग्दा पनि उल्लेख केही थिएन । सुन्दरहरैचाको सुकुना मावि र जनता मावि घुमेपछि म आफुले भोट हाल्ने केराबारी ९ तिर लागें ।
पहिले छुट्टै गाबिस माग हुँदै आएको र राज्यको पुनःसंरचना हुँदा बेलबारी र केराबारीले तानातान गरेको केराबारी ९ अन्ततः केराबारी ९ नै भएपनि २८ सय भन्दा बढी मतदाताको मतदान केन्द्र एउटै मात्र हो । त्यसैले त्यहाँ दिनभर भिडभाड थियो । लाइन लाग्दा केही घन्टा कुर्नुपर्ने देखिएपछि सन्चारकर्मीको परिचय दिएर लाइन मिच्दै भोट हालियो । २८ सय बढी मतदाताको एउटै केन्द्र रामवीर प्रबिमा अपरान्ह ३ बजेसम्म १२ सयले मात्र मतदान गरेको रिपोर्ट आयो ।

सिडिओले दिएको पास भएकोले बाइकमा
केराबारी ८ को मच्छिन्द्र माबि र केराबारी गाउँपालिकामै रहेको वडा १० को मतदान केन्द्र पुग्दा ४ बजेतिर नै सुनसान भइसकेको थियो । जम्मा ४ सय ८० मतदाता मध्ये ३ सय ८७ ले भोट खसालेको केराबारीकै आमजुगी स्कुलको मतदान केन्द्रमा पनि साढे ४ बजे सुनसान भएकोले आधा घण्टाको कुराइ मात्र देखिन्थ्यो ।
पौने ५ बजेतिर सुन्दर हरैचाको सुकुना मावि पुग्दा भिडभाड धेरै थियो । सभसद चन्द्र गुरुङ खटिएको त्यहाँ ५ बजे गेट बन्द भएपनि दुइ चार सय मानिसहरू लाइनमै थिए । बिराटचोकको जनता माविमा चाहि ५ बजे सुनसान छाइसकेको थियो । बेलबारी २ को कबिर माविमा सवा ५ बजे पनि गेटभित्र भिड नै थियो । बेलबारी ३ को भगवती मावि र नगरपालिका भवनको मतदान केन्द्र अनि बेलबारी ११ को लक्ष्ममार्गमा पनि साढे ५ बजेपछि मतदाताको भिड रित्तिसकेको थियो । ६ बजेतिर लेटाङ पुग्दा मतदान केन्द्रहरुभित्र चहलपहल नभए पनि वरिपरी मानिसहरुको भिड थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad