मेयर जित्नेमा ढुक्क छन् ज्ञानेन्द्र

मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन ज्ञानेन्द्र सुबेदी । यो नाम जिल्लाको राजनीति र समाजसेवाका क्षेत्रमा कुनै नौलो नाम होईन । पटक पटक जिल्ला बिकास समितिमा रहेर गरेका बिकास योजनाका काम हुन या स्थानीय स्तरका बिभिन्न संघसंस्थामा आबद्ध भएर उनले गरेको काम नै किन नहोस । थोरै बोल्ने तर धेरै काम गर्ने र कुनै बिवादमा नमुछिने कारण पनि उनलाई स्वच्छ छबि भएका नेता र स्पष्ट बक्ताका रुपमा चिन्नेहरु धेरै छन ।
को हुन ज्ञानेन्द्र सुवेदी ?
बि.स २०१५ साल असोज ६ गते शुक्रबार तेह्थुम जिल्लाको साब्ला गाबिसमा पिता स्व.मोहनप्रसाद र माता टिकादेवी सुबेदीको ८ छोरी र एक छोरामध्ये ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका सुबेदी २०२६ सालबाट बेलबारी ३ मा आई स्थायी बासिन्दाका रुपमा बसोबास गरिरहेका छन । धरानको सेकेण्डरी बोर्डिङबाट कक्षा ४ सम्मको अध्यायन गरेका सुबेदीले सत्यनारायण माबि बिराटनगरबाट कक्षा ७ र काठमाण्डौको पदमोदय हाईस्कुलबाट २०३४ सालमा प्रबेशिका एसएलसी उर्तिण गरेका थिए । महेन्द्र मोरङ क्याम्पस बिराटनगर बाट आई.ए उर्तिण गरेका सुबेदीले परिवारमा बुबाको मृत्युपछि अभिभाबक बनेपछि उनको पढाईमा त्यही सिमित बन्न पुग्यो ।
महेन्द्र मोरङ क्याम्पसमा पढाई शुरु गरेपछि नै प्रा.क सदस्य भएर राजनीति शुरु गरेका सुबेदीले बेलबारीमा शुरु भएको भगवती प्रा.बि पछि निमाबि हुँदै हाल उच्च माबिको सञ्चालक समितिका सदस्य बनेका सुबेदी सोही बिद्यालयका प्रधानाध्यापक हर्कमान तामाङ(पुर्ब सांसद) र शिक्षक गुरु बराल सँगको दैनिक उठबसले पुर्णरुपमा राजनीतिमा होमिए । २०४० सालमा हर्कमान तामाङ संयोजक रहेको एरिया कमिटिको सदस्य हुँदै २०४३ सालमा गाँउ पञ्चायतको चुनाबमा मालेको तर्फबाट जनपक्षिय उम्मेदवार समेत बनेका थिए । २०४२ मा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको जिल्ला सदस्य बनेका सुबेदी २०४६ पछि नेकपा एमालेमा अझ सक्रिय बने । वार्ड कमिटिको सचिब,गाँऊ कमिटि सदस्य,ईलाका कमिटि सदस्य,क्षेत्रीय सदस्य हुँदै उनी २ कार्यकाल नेकपा एमालेको जिल्ला सदस्य बन्न सफल भए । पार्टीको ८ र ९ औँ महाधिबेशनमा महाधिबेशन प्रतिनिधि बेनका सुबेदी हाल जिल्ला सल्लाहकार परिषदका अध्यक्ष रहेका छन ।
स्थानीय चुनाबमा २ पटक वार्ड अध्यक्षका रुपमा काम गरेका उनी राजनीतिका अलावा भगवती उच्च माबिका भुतपुर्ब सञ्चालक समिति अध्यक्ष,पटक पटक सञ्चालक समिति सदस्य,श्री प्राबि बेलबारीका अध्यक्ष,बेलबारी साना शहरी तथा खानेपानी आयोजनाका संस्थापक अध्यक्ष,सन २००७ मा लाईन्स क्लब बेलबारीका संस्थापक प्रेसिडेन्ट,समेत भएर कुशल कार्यसम्पादन गरिसकेका छन । हाल बेलबारीको एकमात्र बेलबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष समेत रहेका छन ।
उनी भन्छन म सामाजिक ब्यत्ति र राजनीतिक ब्यत्ति हुँ । बिशेषगरी म जनताको सेवक हो । म दुबै क्षेत्रमा सक्रियतापुर्बक काम गरिरहेको छु । पार्टीमा पनि म सक्रिय रुपमा काम गर्ने ब्यत्तिका रुपमा नै परिचित छु । त्यसैले म पार्टीले दिएको जिम्मेवारी पनि पुुरा गर्ने गरेको छु र समाजसेवा पनि गरिरहेको छु । आखिर दुबै जनताकै काम हुन । म जनतासँगै प्रत्यक्ष त्यही काममा जोडिरहने हुनाले म आफुलाई दुबै रुपमा चिनाउन चहान्छु ।
सबै कामहरु प्रत्यक्ष जनता सँग नै जोडिएका छन । त्यसैले यो सहज यो कठिन भन्ने छैन । दुबै कामलाई संयोजन गर्दै सँगै लैजाने भएका कारण दुबै काम उस्तै हुन जस्तो मलाई लाग्छ । उनले जनता सँगै रहेर जनताकै काम गरेको छन । यसअघि पनि दुई कार्यकाल वडा अध्यक्ष भएँ त्यसबेला पनि जनताकै काम गरेँ । पटक पटक जिल्ला बिकासमा रहेर पनि जनताकै काम गरेँ । अनुत्पादक हिसाबले त्यस्ता कुरालाई छलफलको बिषय बनाउने मेरो स्वभाब छैन । सस्तो लोकप्रियता मलाई मन पनि पर्दैन । जनताको सरोकारको बिषयमा काम गर्नुपर्छ भन्ने चहाना राख्ने मान्छे म त्यसैले पनि हुनसक्छ कोही कसैले आ आफनै तरिकाले बिश्लेषण गर्न सक्छन ।
जनताका प्रत्यक्ष सरोकारका बिषयमा काम गर्ने मान्छे,आमरुपमा तिनै जनता सँग प्रत्यक्ष सँगै रहेर काम गरिरहेको उनी बताउँछन । जुन रुपमा बेलबारीले जिल्लामै बिकासको फडको मार्नुपर्ने हो त्यो हुन नसकेको उनी स्वीकार गर्छन । यतिका श्रोत साधन हुँदा पनि बेलबारी धेरै पछि नै छ । यसमा केही कारणहरु छन । पहिलो कुरा त चेतनास्तरको बिकास हुनुपर्छ त्यो अभाब छ यहाँ सामुहिक भाबना छैन । संगठीत रुपमा सामुहिक भाबना लिएर जति काम गर्नुपर्दथ्यो त्यो हुन सकेन ।
पार्टीले दिएको जिम्मेवारी निर्बाह गर्नुपर्ने र त्यही अनुसार आफुले पनि काम गर्ने उनले बताए । सबै सकरात्मक सोच भएका मिलेर मिलाएर जाँउ भन्ने भाबना भएका र समाजका लागी केही योगदान गरेका र गर्न सक्ने खुबी भएका ब्यत्तिहरुको साथ सहयोगका कारण आफु मेयर जित्नेमा समेत उनी ढुक्क देखिए । – बेतना दैनिकबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *