Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, देश/राजनीति, न्युजसमृद्ध सिन्धुली बनाउने सिन्धुलीका जनप्रतिनिधिहरुकाे प्रतिवद्धता

समृद्ध सिन्धुली बनाउने सिन्धुलीका जनप्रतिनिधिहरुकाे प्रतिवद्धता

June 11, 2017९८४ पटक

काठमाडौं / सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका छन् ।
समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई बधाइ ज्ञापन तथा सिन्धुलीगढीमा मनाइने २५० औं विजयोत्सव तयारीबारे आयोजना गरेका अन्तक्र्रियामा उनीहरुले मुलककै गौरवका रुपमा रहेको सिन्धुलीगढीलाई देश, विदेशमा चिनाउन सबै जनप्रतिनिधि लाग्ने प्रतिवद्धता जनाए ।
सिन्धुलीगढीमा अंग्रेजी सेनालाई परास्त गरेको यस बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले यस अबसरमा गढीमा ऐतिहासिक युद्धको चित्र कोर्न आर्ट क्याम्प, युद्ध दर्शाउने नाटक प्रदर्शन, आर्ट बुक प्रकाशन, वेवसाइट निर्माण, सिन्धुलीगढी वरपर होमस्टे संचालनलगायतका कार्यक्रम गर्न लागेको छ । समृद्ध सिन्धुली अभियानले हरेक बर्षको विजयोत्सवका बेला काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने योजना बनाएको छ । आउँदो कात्तिक २३, २४ र २५ गते सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म गरिने साइकलयात्रामा २५० जनालाई सहभागी गराउने लक्ष लिएर पूर्वाधार तयार गर्न लागिरहेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । अभियानले स्टोरी साइकल र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गत कात्तिक २३ र २४ गते काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म गरेको साइकल यात्रामा ८० जना सहभागी थिए । अभियानले ‘राइट टु सिन्धुलीगढी’ नाम दिएर साइकलयात्राको ब्रान्डिङ गर्न लागेको घिमिरेले बताए ।
कार्यक्रममा सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, सुनकोशी गाउपालिका अध्यक्ष दीपा बोहरा, तीनपाटन गाउपालिका अध्यक्ष कर्णबहादुर थापा, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष, संगीता माझी, हरिहरपुरगढी गाउपालिका अध्यक्ष कारसाङ थिङ र उपाध्यक्ष अनिता राईलाई अभियानले सम्मान गरेको थियो ।
कार्यक्रममा स्थानीय निकायका पदाधिकारीलाई चुनावमा गरेका प्रतिबद्धता अनुसार गाउँलाई समृद्ध बनाउन समृद्ध सिन्धुली अभियानले सघाउने अभियन्ता सौरभ ढकालले बताए । अभियानले गाउँलाई सुन्दर बनाउने ‘ड्रिम सिटी’ भिजन तयार गरेको बताउँदै त्यसलाई कार्यान्वयन गर्न जनप्रतिनिधिसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
अर्का अभियन्ता भुवन थापाले हरेक गाउँलाई स्मार्ट बनाउन आवश्यक रहेको बताउँदै सहकार्यका लागि जनप्रतिनिधिसँग आग्रह गरे ।
कमलामाई नगरप्रमुख खत्रीले सिन्धुली ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुले भरिएको जिल्ला भएकाले ती स्थलहरुको प्रबर्धन गरेर जिल्लालाई समृद्ध बनाउन अभियानसँग सहकार्य गर्न आफूहरु अधिरताका साथ प्रतीक्षामा रहेको बताए । सुनकोशी गाउँपालिका प्रमुख बोहराले सिन्धुलीगढी जाने साइकल यात्रीहरुलाई स्वागत गर्न आफूहरु आत्तुर रहेको बताइन् । उनले गाउँको विकासका लागि आफूले विज्ञहरुसँग छलफल गरिरहेको बताउँदै त्यसमा सघाउन समृद्ध सिन्धुली अभियानलाई आग्रह गरिन् ।   
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad