Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरी, मुख्य खबर, हाइलाइट२२ बर्षेदेखि एकै कुनामा छन्  चिरञ्जिवी

२२ बर्षेदेखि एकै कुनामा छन्  चिरञ्जिवी

June 2, 2017११०६ पटक

गोपाल काफ्ले, पथरी
२०५२ मंसिर १६ गते मोरङको पथरीशनिश्चरेमा चिरञ्जिवीको जन्म भएको थियो । जन्मदै दुबै आँखा गुमाएका चिरञ्जिवीले १ बर्ष नपुदै आमा गुमाउनु पर्यो । आमा उनि १ वर्ष नपुग्दै मृगौला फेल भएर मृत्यू भएको थियो । हाल सम्म उनले ३ ओटी आमा पाए तर एक ठाँउ बाट अर्को ठाँउ सर्न सक्दैनन् । 
मोरङको पथरीशनिश्चरे ९ सिंह बाहिनी स्कुल छेउका बासिन्दा मदन ब. अधिकारीका माईला छोरा २२ बर्ष पुगे तर कतै हिडडुल गर्न सक्दैनन्। सानोमा भित्ता समाएर अलिअलि बामे त सर्थे तर हाल उनि दुई घुडाको बिचमा टाउको निहुराएर झोक्रीएर बस्छन । आमाको मृत्यू पछाडी बाबु काममा बाहिर हिडनु पर्ने भएकाले चिरञ्जिवी मुल घरमा हजुरबा आमा संग बस्थे । बिहान बेलुका खाना बाहेक अरु केही खादैन्न । २२ बर्षका चिरञ्जिवी १०÷१२ केजिका छन । न आँखा देख्छन न कान नै मज्जाले सुन्छन हात चल्छ खुट्टा चल्दैन हुदैन । बर्षमा १ चोटी खाना खादैन्न खाना ढिलो भयो भने चिच्याउने र मन खुसि भएको समयमा गित गाउने गर्छन । आवाज र स्पर्सले आफ्न्तहरुलाई चिनि हाल्छन । आमाको मृत्यू पछाडी माईली आमाले स्यहार सुहार गरेपनि उनि पोईला गए पछि हाल कान्छी आमा छिन घरमा । बा आमा दाजु भाई भए पनि सबै आ–आफ्नो काममा जाने भएकाले चिरञ्जिवीको स्वास्थ दिनहु झन जटिल हुदै गएको छ । खानामा मासु भए खुसी भए र खान्छन नत्र झोलिलो खाना दाल बाहेक अरु केही खादैन्न ।
१ दाजु २ भाई छन आमा बुबा सामान्य खेती किसान भएकाले हात मुख जोडनै गाह्रो भएको बाबु मदन बताउछन । चिरञ्जिवीलाई अहिले घर परिवारले ग्वालीमा खाट राखि हेरचाह गर्दै छ । “घर भित्र र सिमेन्टीमा राखदा चिच्याउने कराउने र दिशा पिसाब गरेको थाहा नपाउने भएकाले उनलाई बाहिर राखेको” बाबुको भनाई छ । उनलाई बिहान जस्तो छोडो बेलुकी आउदा पनि त्यस्तै रहेको हुन्छन । बसेकै ठाउमा दिसा पिसाब गर्ने भएकाले सरसफाईमा कमि हुदा हैजा उठने समस्या हुन्छ । “सरकारले मासिक २ हजार त देको छ तर उसको लागी लुगा किन्न पनि नपुग्ने घरमा उसको बिजोक भएकाले सरकारले यस्लाकोलागी उच्चीत ब्यवस्थापन मिलाई दिए केही सहज हुने” बाबुको भनाई छ ।
बाबुले बिभ्न्नि संघ सस्था संग हार गुहार पनि नमागेको हैन । संघ सस्थाले आएर उल्टै हप्काएर गएको गुनासो छ । उनि अहिले सबैबाट हार खाएर उहि छोराको मायाले स्याहार सुसारमा आफ्ै लागेका छन । सरकारले अपाङको हकमा केही छ र यो बच्चालाई उदार गर्ने केही उपाय भए सहयोग गरिदिन पत्रकार संग अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad