प्ले नेपालले फुटबल प्रशिक्षण गर्ने

बचपन देखिनै बच्चाहरुलाई उचित मानसिक तथा साररिक क्रिया-कलाप गराएर बच्चाहरुको सर्वाङ्गिण विकास गर्ने सोच राखेको प्ले नेपालले काठमाडौँमा फुटबल प्रशिक्षण गर्ने भएको छ ।
एसियाली फुटबल महासंघको कोचिङ्ग लाइसेन्स प्राप्त प्रशिक्षक मार्फत अंग्रेजी माध्यममा प्रशिक्षण कम्पनिले जनाएको छ ।
खेलाडीलाई उचित तालिमसंगै उचित खानपिनको पनि ब्यबस्था कम्पनिले गरेको छ । प्रत्येक प्रशिछार्थी लाइ डाइट प्लान उपलब्ध गराउने छ ।स्वस्थ तथा सुरक्षित बाताबरणमा प्रशिक्षण चलाउनुका साथै कम्पनिले प्रत्येक प्रशिछार्थीको नियमित प्रगति विवरण (रिपोर्ट कार्ड ) पनि उपलब्ध गराउने छ ।
पाचं देखि पन्ध्र वर्ष सम्मका स्कूले बिद्यार्थीलाई लक्षित गरिएको प्रशिक्षण प्रत्येक शनिबार र आइतबार बिहान काठमाडौँको तीन ठाउँमा चल्ने छ ।
काठमाडौँको विभिन्न स्कूलहरुमा खेलकुद क्रियाकलाप सम्बन्धि कार्यक्रम चलाई रहेको प्ले नेपालले निकट भविश्यमा क्रिकेट तथा स्विमिङ्ग प्रशिक्षण पनि सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *