पूरा भयो एलिसाको बच्चादेखिको धोको

भरत शिवाकोटी ।

सांगीतिक क्षेत्रमा पछिल्लो समयमा झापाका युवायुवतीहरुको निक्कै आकर्षक बढेको छ ।सांगीतिक आकाशमा पाइला अगाडी बढाउनेहरु एकपछि अर्को थपिदै गएका छन |

यहि सांगीतिक दुनियाँमा अघि बढिरहेकी नव कलाकार अथवा गायिका को नाम हो एलिसा तामाङ | झापाको शान्तिगर, बर्नेमा परिवारको साथमा बसोबास गर्ने एलिसाले भर्खरै टिन एज पार गरेकी छन भने झापाको मनकामना कलेजमा बि.बि.एस. दोस्रो बर्षमा अध्यनरत छिन | त्यतिमात्र होइन पढाइमा निक्कै लगनशिल रहेकी एलिसाले नर्सिङ गरेर हाल सामुदायिक हस्पिटल बुधबारेमा कार्यरत समेत छिन |

सानै देखि गीत संगीत प्रति रमाउने गरेकी एलिसाले अध्ययनमा सफलता चुम्दै गएपनि उनको संगीत प्रतिको मोहलाई भने कहिल्यै टाढा राख्न सकिनन र अधुरै रहेको महशुस गरिरहिन | स्थानीय विभिन्न प्रतियोगिता तथा सांगीतिक कार्यक्रमहरुमा गीत गाउने उनको स्वर लाई सामान्य देखि उच्च तहका कलाकारले समेत तारिफ गर्दछन | यतिन्जेल सिमित श्रोता तथा दर्शक माझ चिनिएर अपुरै रहेकी एलिसाको सपना पुरा गरिदिएका छन युवा गायक तथा संगीतकार ताराविर पाण्डेले र एलिसाको स्वर भरिएको गित केहि दिन पहिले सार्वजनिक भएको छ |
ताराविर पाण्डेको संगीत, मधु न्यौपानेको शब्द र देव लावारको एरेन्जमा ‘’तिम्रै सम्झनामा पागल हुन मन लाग्यो’’ बोलको गीतको फिमेल भर्सन भर्खरै सार्वजनिक भएको हो र नव गायिका एलिसा तामाङ ले उक्त गीतमा आफ्नो मधुर स्वर भरेकी छन | युवा गायक तथा संगीतकार ताराविर पाण्डेको मेल भर्सनको अडियो तथा भिडियो भने यस अघि नै सार्वजनिक भैसकेको छ |
स्मरण रहोस, गायिका एलिसाका दाजु पारस हाल युएईमा रहेका छन र उनि युएईका आम नेपालीहरु माझ लोकप्रिय गायक का रुपमा स्थापित छन | केहि समय पहिले नयाँ बर्षको अवसरमा युटयूव मार्फत गायक पारसको ‘‘वाउ क्या राम्री सोल्टिनी मेरी, गालैमा डिम्पल छ’’ भन्ने बोलको गित सार्वजनिक भैसकेको छ | आफ्ना दाजु पारस तामाङको प्रेरणा र हौसलामा संगीत क्षेत्रमा पाइला राख्दै गरेकी एलिसाले आम श्रोताका लागि आफ्नो पहिलो प्रयास रहेको उक्त गीत सुनेर प्रतिक्रिया दिनुहुन सबैमाझ अनुरोध गरेकी छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *