Samyentra Dot Com

गृहपृष्ठ » समाचार, स्वास्थ्यभारतमा तीन गर्भवती महिलामा जिका भाईरस

भारतमा तीन गर्भवती महिलामा जिका भाईरस

May 28, 2017४७५ पटक

ब्राजिलमा केही समयअघि मात्र संक्रमणमुक्त घोषणा गरिएको जिका भाइरस भारतमा देखापरेको छ ।

जिका भाइरसबाट तीन भारतीय महिला संक्रमित भएको जनाइएको छ । भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहिलो पटक अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका गर्भवती महिलाहरु बढी संक्रमित भएको पाईएको थियो । मध्य अफ्रिकी देशबाट फैलिएको यो रोग ब्राजिल हुँदै कोलम्बियाका नागरिकमा संक्रमित भइसकेको छ ।

बिशेष गरी गर्भवती महिलामा देखा पर्ने यस रोगबाट नवजात शिशु संक्रमित हुने गरेकाले कतिपय मुलुकले आफ्ना महिला नागरिकलाई केही समय गर्भवती नबन्न अपील समेत गरेका थिए । शिशुको विकास नहुने, शरीरको तुलनामा टाउको सानो हुने र मस्तिष्क नै विकसित नहुने यसका लक्षण हुन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad