पथरीमा पुर्वाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

पथरी  /  मोरङको पथरीशनिश्चरे नगरपालिकामा जेष्ठ दोस्रो साता पुर्वाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पथरीशनिश्चरे भलिवल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी खेलबारे जानकारी गराएको हो । ‘दुव्यासन विरुद्धको अभियान, युवा खेलकुदको पहिचान’ भन्ने मुल नाराको साथ जेष्ठ १२ देखि हुने प्रतियोगितामा मोरङ, झापा, सुनसरी, धनकुटा १० टिम सहभागि हुने क्लवका अध्यक्ष रबिन्द्र राईले बताए ।

प्रतियोगिताको प्रथम र दोस्रो हुने टिमले नगद ५१ र ३१ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडलहरु वितरण गरिने खेल संयाेजक राकेश दाहालले बताए ।

पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथी तथा पथरी बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले खेलकुद प्रतियाेगितामा अाफुले सक्ने सहयाेग गर्ने भन्दै सफल्ताकाे कामना ब्याक्त गर्नु भयाे । पत्रकार संमेलनमा अतिथी कमल हाङबाङ्ग राष्ट्रिय स्तरका भलिबल खेलाडी विसम धिमाल, मौसम लिम्बू लगायतका खेलाडी उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *