Samyentra Dot Com

गृहपृष्ठ » प्रवासअबुधाबीमा नयाँ नेपाली रेष्टुरेन्ट संचालन

अबुधाबीमा नयाँ नेपाली रेष्टुरेन्ट संचालन

May 16, 2017५७५ पटक

मे १६ , मंगलबार । अबुधाबी –  युएईको राजधानी अबुधाबीमा गत आईतबारदेखि नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा आएको छ ।

रोजगारीका सिलसिलामा युएईमा रहेका चार नेपालीहरु बुटवलका रेशम थापा , ओखलढुंगाका राजनजंग राई , धरानका चन्द्र श्रेष्ठ र पोखराका सुक परियार मिलेर “अल मसेफ रेष्टुरेन्ट” रेष्टुरेन्ट संचालनमा ल्याएका हुन ।

मे १५ तारिख आइतबार केक काटेर उक्त रेस्टुरेन्टको उद्घाटन गरिएको छ । नेपाली दूताबास जाने बाटोमै पर्ने क्यानेडियन मेडिकल छेउ , एयरपोर्ट रोडमा विगतदेखि नै सञ्चालन भइरहेको रेस्टुरेन्टलाई नेपाली व्यावस्थापनमा सुरु गरिएको हो । तत्काल यही नाममा रेस्टुरेन्ट चलाए पनि नेपाली नामाकरण गर्ने योजना रहेको सञ्चालकहरुले बताएका छन् ।

नेपाली खाना सेटका अतिरिक्त मःमः चाउमिन, छोयला, नेवारी सेटका साथै इन्डियन र चाइनिज तथा एसियन खाना पनि आफ्नो रेस्टुरेन्टको मेनुमा रहेको जानकारी सञ्चालक रेशम थापाले दिएका छन् । निःशुल्क होम डेलिभरीको सुविधा भएको रेस्टुरेन्टमा नेपाली चाडपर्व विशेष परिकार पनि पाइने सञ्चालक चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

युएईको राजधानी अबुधाबीमा कार्यरत नेपाली व्यावसायीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र सर्वसाधारण नेपालीहरुको उपस्थितिमा रेस्टुरेन्टको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सरिक हुँदै नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाले व्यावसायिक सफलताको लागि नयाँ नेपाली व्यावसायीहरुको प्रयासलाई शुभकामना दिएका थिए ।

उद्घाटन कार्यक्रममा भान्छाघर नेपाली रेस्टुरेन्टका सञ्चालक विकाश अधिकारीले नेपाली व्यावसायीहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका थिए । गायक प्रकाश पौडेलले पनि नेपाली व्यावसायीहरुको उपस्थितिले नेपालीहरुको इज्जत बढिरहेको बताए ।

कान्तिपुर ट्राभलका सञ्चालक सन्दिप खड्का र सनराइज बैकका प्रतिनिधि संजित सिंहले पनि रेस्टुरेन्टको सफलताको शुभकामना दिएका थिए । उदघाटन कार्यक्रमलाई सफल बनाइदिएकोमा सञ्चालक सुक परियारले उपस्थित सबैलाई धन्यवाद दिँदै ग्राहकको चाहना अनुसारको स्वाद पस्किने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad