मलेसियामा बिमोचन भो ‘पालामको राजकुमारी’

 मलेसिया / एक दशक भन्दा लामो समयदेखि वैदेशिक रोजगारिको लागी मलेसियामा कार्यरत साहित्य लेखनमा क्रीयासिल कवि दिलदुखी जन्तरेको प्रथम कविता कृती पालामको राजकुमारी मलेसियामा बिमोचन भएको छ ।
विश्व नेपाली साहित्य महासंघ मलेसियाले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष काप्पोबा चुमको सभापतित्व र नेपाली राजदुतावासका द्वितीय सचीव चुमार सिं केसि ज्युको प्रमुख अतिथ्यता थियो ।  कार्यक्रममा साहित्यकार जीवन देवान गाउंले र दिलिप सागर राईले कृती पालामको राजकुमारी माथी समिक्षा टिप्पणी  थिए।
कियाचु मलेसियाका अध्यक्ष कृष्ण आङ्देम्बे किरात धर्म साहित्य उत्थान संघका संरक्षक  दिल कुमार केरुङ  साहित्यकार मोडल विजय योञ्जन कान्तिपुर पत्रीकाका पत्रकार  आर सि गिरि साहित्य चौतारी मलेसिया प्रतिनिधि बिमल पोखरेल लगायतको आतिथ्य रहेको थियो। कवि तथा गायक भिम स्नेहीको स्वागत मन्तव्य बाट अगाडि बढेको कार्यक्रम प्रमुख अतिथी नेपाल दूतावास मलेसियाका द्वितीय सचिव चुमार सिं के सी तथा विशेष अतिथी एन आर एन मलेसियाका सचीव सुन्दर आले , किरात धर्म साहित्य उत्थान संघका संरक्षक दिल कुमार केरुङ सभापती काप्पोबा चुमले कृतिको विमोचन गरेका थिए ।
त्यस्तै कवि रवि किरण पत्रकार आरसी गिरि विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष शिब छाङछाले शुभकामना मन्तव्य दिएका थिए । लेखकले पनि आफ्ना भनाइ राखेका थिए भने कार्यक्रम सचीव  कृष्ण भीरले सन्चालन गरेका थिए।
आम नेपालीहरुले भोग्नुपरेको प्रबास पिडा,पहिचानको बुलन्द आवाज, बिभेदकारी र गैरजिम्मेवार राज्य ब्यबस्थाप्रती खबरदारी लिम्बु मुन्धुममा आधारित मिथकिय बिम्बहरु समेटिएको ३० थान उत्कृष्ट कबिताहरु पालामको राजकुमारी भित्र सुसज्जित छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *