Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, हाइलाइटएकल गायन प्रतियोगिताको पहिलो अडिसन बिराटचोकमा सम्पन्न

एकल गायन प्रतियोगिताको पहिलो अडिसन बिराटचोकमा सम्पन्न

May 12, 2017५०९ पटक

नेपाल कला संस्कृति हाम्रो पहिचान, कला र प्रतिभा प्रबर्द्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ मल्टी इन्फर्मेसन सेन्टर मिक नेपाल बिराटचोकद्वारा आयोजित एकल गायन प्रतियोगिता सिजन १ को पहिलो अडिसन बिराटचोकमा सम्पन्न भएको छ ।


सुन्दर हरैचा १० बिराटचोकस्थित पिनाकी होटलमा भएको प्रतियोगितामा विभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थी लगायत नेत्रहीन युवा युवती समेत सहभागी थिए ।
प्रतियोगितामा गायक तथा सन्चारकर्मी वालकृष्ण कार्की प्रमुख निर्णायक हुनुहुन्थ्यो । आयोजक मिक नेपालका निर्देशक तथा कार्यक्रम संयोजक तिलक परियारले दोश्रो चरणको लागि छनौट भएका प्रतियोगीहरुलाइ पास कार्ड बितरण गर्नुभएको थियो ।


प्रतिभा प्रबर्द्धन कार्यक्रम अन्तर्गत भएको गायन प्रतियोगितामा ७२ जना सहभागी थिए । जसमा ४४ जना दोस्रो चरणका लागि छनोट भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अफिसियल मिडियाहरुमा संयन्त्र डटकम, मकालु टेलिभिजन, गुराँस एफएम र धरान एफएम रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad