बाल क्लबले ल्याएको परिबर्तन

शिव उप्रेती/ देउराली गोरखा

शारदा नेपाली साबिकको देउराली गाविस ४ निबासी बालिका हुन् । १४ बर्षकी शारदा रामशाह माविमा कक्षा आठमा पढ्छिन् । उनको आर्थिक अबस्था ज्यादै कमजोर छ ।

त्यसमा पनि उनी दलित परिवारकी बालिका, समाजमा विद्यमान जातीय विभेदकी शिकार बनेकी थिइन् । गरिबीको शिकार बनेकी उनी घरपरिवारको आर्थिक समस्याको कारण विद्यालय छोड्ने स्थितिमा पुगिन् ।

पल्लो गाउँका एकजना अंकलले उनलाई काठमाडाँैमा काम लगाइदिने आश्वासन दिए । परिवारको समर्थन पनि पाइन् ।
खल्तीमा कत्तिपनि पैसा नभएको अबस्था, मिठो खान, राम्रो लगाउन पनि नसकिरहेको अबस्थामा रोजगारी दिने आश्वासन पाएपछि उनले काठमाडौँ जाने मनस्थिति बनाइन् ।
त्यही समय उनको विद्यालयमा बाल क्लब गठन गर्ने लहर चल्यो । अन्जानमै उनी बाल क्लब गठन गर्ने अभियानप्रति उत्साहित भइन् । बाल क्लब गठन भएपछि बिभिन्न संघसंस्थाले बाल श्रम शोषण, यौन शोषणजस्ता बिषयमा सचेतना कार्यक्रमहरु गरे । त्यसबाट महिलाहरु, बालिकाहरु कसरी बिभिन्न प्रलोभनमा फस्न बाध्य हुन्छन् भन्ने जानकारी पाइन् ।
त्यसपछि उनी आफ्नो भविष्य सम्झेर गम्भिर बन्न थालिन् । बाल क्लबमा बसेर केही गर्न पाए धेरै कुरा जान्न र बुझ्न सकिने कुरा उनले ठम्याइन् । उनले अन्जानमा हुने गल्तीबाट बच्न र सशक्त नागरिक बन्न सकिने कुरा बुझिन् ।
यसपछि उनको जीवनले नयाँ मोड लियो । उनी अहिले बालश्रम बेच्न पठाउन तयार रहेको घरपरिवारलाई सम्झाउन सक्ने भएकी छन् । समाजका अरु अभिभावकलाई, आफूजस्तै बालबालिकालाई सम्झाउन सक्ने भएकी छन् । भविष्यमा राम्रोसँग पढेर आफ्नो परिवार र समाजको निम्ति केही काम गर्ने सोचका साथ अगाडि बढीरहेकी छिन् । अहिले उनी नियमित रुपमा विद्यालय जान्छिन् ।
बालमैत्री स्थानीय शासन लागू भएका गोरखा जिल्लामा बालबालिकाको व्यक्तित्वमा यसरी नै परिवर्तन भएको छ । गोरखा देउराली माविका प्रधानाध्यापक गणेश कुमार श्रेष्ठ भन्छन्, ‘बिद्यालय तहमा बाल क्लब गठन भएपछि बालबालिकाहरु धेरै बिषयमा जानकार भएका छन् । कक्षागत सिकाईसँगै बाहिरी दुनियासँग उनीहरुको सम्बन्ध मजबुत भएको छ ।’
गोरखाको तत्कालीन देउराली गाविसमा बालमैत्री स्थानीय शासन अवलम्बन गरिएबाट बिद्यालयमा आधारित बाल क्लबहरु बनाउने क्रम बढेको छ । विद्यालयका बालबालिकालाई विभिन्न क्रियाकलापमा सहभागी बनाउने उद्देश्यले विद्यालयस्तरीय बाल क्लबहरू गठन गरिएका हुन्छन् । सहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रका विद्यालयहरूमा यस्ता क्लबहरू बढी छन् । जिल्लामा निजी विद्यालयमा भन्दा सार्वजनिक विद्यालयहरूमा बाल क्लबहरू धेरै छन् । यस्ता बाल क्लबहरूका माध्यमबाट विद्यालयको नीति निर्माणमा उनीहरुलाई सहभागी गराउने अवसर दिईएको हुन्छ ।
सोही माध्यामिक बिद्यालयमा खोलिएको बाल क्लबका तर्फबाट राधा परियार र अशोक बिक एकीकृत योजना तर्जुमा प्रक्रियामा पनि सामेल भए । राधा भन्छिन्, ‘बाल क्लबमा नहुँदा स्थानीय तहमा कति रकम आउँछ भन्ने थाहा थिएन, तर अहिले नियमित बैठकहरुमा जान थालेपछि हाम्रो पनि अधिकार रहेछ भन्ने थाहा भयो ।’
बाल सहभागिता प्रबद्र्धन गर्न निश्चित भौगोलिक क्षेत्र वा पेसाका दृष्टिले बाहुल्य रहेको कुनै समुदायमा आधारित बाल क्लबहरू गठन गरिएका हुन्छन् । यस्ता बाल क्लबहरू पनि सहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रमा नै बढी छन् । देउरालमा तत्कालीन वडा तहको सन्जालका रुपमा बाल क्लब बनाइएको थियो । स्थानीय तहको पुनर्सरचनापछि ती संरचनाहरु निष्क्रृृय रहेको पाइएको छ ।
बाल सहभागिताको अवधारणा बाल अधिकार महासन्धि, १९८९ पछि अगाडि बढाइएको हो । स्थानीय बालअधिकारको अभियानकर्ता बलबहादुर पन्थकाअनुसार बालअधिकार महासन्धि कार्यान्वयनलाई प्राथमिकता दिएर बालअधिकार प्रवर्धनका क्षेत्रमा बाल क्लबले महत्वपूर्ण योगदान दिएको छ ।
हाम्रो सामाजिक संरचनाका कारण बालबालिकाका कुरा सुन्ने र उनीहरूलाई सम्पत्ति ठान्ने वा तह लगाएर राख्नुपर्छ भनेर मान्ने मानसिकतामा भएका कारण बालबालिकाको सहभागिताको अधिकार पूर्ण रुपमा उपभोग हुन नसक्ने भन्दै भूतपूर्व गाविस सचिब समेत रहेका पन्थले भने ‘यसैले सबैभन्दा पहिले बालबालिकालाई व्यक्ति मान्ने र उनीहरूको पनि आप्mनो इच्छा हुन्छ, बालबालिका पनि निर्णय लिन समर्थ हुन्छन् र उनीहरूको आप्mनो अलग्गै व्यक्तित्व हुन्छ भन्ने स्वीकार गर्नु आवश्यक छ ।’
बाल क्लब भएपछि बालबालिका विकास र शासनमा सहभागी भएको बिचार तत्कालीन देउरालीका वडा नागरिक मन्चका संयोजक शम्भ नरालको छ, ‘उनीहरू अहिले निगरानीदेखि नीति निर्माणसम्ममा र विद्यालयको सरसफाइदेखि समुदायमा सामाजिक सेवाको आपूर्तिसम्मका काममा सरिक भइरहेका छन् । सुरुमा विद्यालय वा समुदायभित्र खेल र सामान्य सरसफाइमा सीमित बाल सहभागिताको क्षेत्र बिस्तारै व्यापक र जटिल हुँदै गएको छ । बाल सहभागिताको विषयलाई मानवीय पक्षका रूपमा हेरेर मात्र विवेचना गरिनुपर्छ ।’
परिवार, समाज र राज्यले बाल अधिकारको सम्मान गर्ने संस्कृतिको विकास हुन आवश्यक रहेको स्थानीय वडा कार्यलयका सहायक मीन कुमार श्रेष्ठको छ । उनी थप्छन् ‘बाल सहभागितालाई अधिकारका रुपमा बुझ्न सकेमा बाल सहभागिताको अभ्यास पनि बढेर जान्छ । सही अर्थमा बाल सहभागिताको अभ्यास हुन÷गराउन सकेमा अरू बाल अधिकारको कार्यान्वयनमा पनि सहयोग पुग्छ । यस्तै सहभागी बालबालिकाको व्यक्तित्व विकासमा पनि यस अभ्यासबाट सहयोग पुग्छ । यसैले परिवार, समुदाय र राष्ट्रमा बाल अधिकारको सम्मान गर्ने संस्कारको विकास हुनु आवश्यक छ ।’
स्थानीय राम शाह माविका प्रअ श्रेष्ठको तर्क छ, ‘बाल सहभागिता बालबालिकाको हितमा हुनुपर्छ । त्यसबाट उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको हुनुपर्छ । बाल सहभागिताका कुनै पनि क्रियाकलापले बालबालिकामाथि बोझ बढ्ने वा उनीहरूको शारीरिक मानसिक विकासमा प्रतिकूल प्रभाव पार्ने हुनुहँुदैन । यस्तै यसबाट बाल सहभागिताको अभ्यास गर्दा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा कुनै पनि नकारात्मक प्रभाव पर्न नदिन पनि उत्तिकै सजग हुनुपर्छ ।’
धेरै बाल क्लबहरु लहड र रहरमा बनेको बताउँदै स्थानीय महिला अगुवा सरस्वती खनाल भन्छिन् ‘रहर, लहड र अर्कै उद्देश्यका निम्ति बाल सहभागिताको योजना वा संरचना बनाइयो भने त्यो दिगो हु“दैन । बाल सहभागिताका उद्देश्यले निर्मित योजना वा संरचना दिगो भएन भने बालबालिकामा सहभागिता नै निरर्थक अभ्यास हो कि भन्ने भ्रम पर्न सक्छ । यस्तो छाप बालबालिकामा प¥यो भने त्यो प्रत्युत्पादक हुनसक्ने हुनाले बाल सहभागिताको व्यवस्थापनका क्रममा त्यसको दिगोपनमा विशेष ध्यान दिनुपर्छ ।’
—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *