Samyentra Dot Com

गृहपृष्ठ » आलेख, हाइलाइटस्थापनाको २४ औं बर्ष, नमूना स्कूल बन्दै शिक्षा सन्देश

स्थापनाको २४ औं बर्ष, नमूना स्कूल बन्दै शिक्षा सन्देश

April 26, 2017९३८ पटक

बेलबारी । मोरङ बेलबारी २ लालभित्ति स्थित शिक्षा सन्देश इङ्लिस स्कूलले २४ औं स्थापना दिवस तथा अभिभावक दिवस बिभिन्न कार्यक्रमका साथ भब्य रुपले मनाएको छ ।
गत बुधबार अर्थात बैशाख ६ गतेका दिन गीत संगीत तथा बिभिन्न कार्यक्रमले स्क’ल दिनभर गुञ्जायमान बनेको थियो । निजि तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सनका प्रदेश नम्बर १ का सचिव तथा प्याब्सन मोरङका पूर्व अध्यक्ष टीकाराम ढकालको प्र्रमूख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मणजङ थापाले गरेका थिए । शिक्षक शिवकुमार रुपाखेतीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका काउन्सिलर भुपाल बस्नेतले स्वागत मन्तब्य र कार्यक्रम संयोजक केशु बिरहीले मन्तब्य राखेका थिए ।
त्यस्तै प्रिन्सिपल राजेश खत्रील विद्यालयको भावी योजना र रणनिति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुकुना क्याम्पस विज्ञान संकाय प्रमूख हरिराम लिम्बु, रमिते सामुदायिक वनका अध्यक्ष पे्रम राइ, बागदेवी वनका अध्यक्ष फडिन्द्र थापा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा कलाकार र संचारकर्मीहरु समेतको आतिथ्यता थियो ।
अभिभावक र विद्यार्थीहरु समेतको उल्लेख्य उपस्थिति रहेको बार्षिकोत्सव समारोहमा गायक गायिकाहरु साजन राई, मेघराज कार्की र यमुना पराजुलीले बिभिन्न गीतहरु गाएका थिए ।
त्यस्तै कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले पनि बिभिन्न नृत्यहरु प्रस्त’त गरेका थिए । समारोहकै अबसरमा विद्यालयका बिभिन्न कक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाइ पनि पुरस्कार दिइएको थियो ।
स्थापना दिवसमा थपिए १ सय ८० विद्यार्थी
विद्यालयले स्थापना दिवसका अबसरमा नयाँ भर्ना हुने विद्यार्थीहरुलाइ भर्ना शुल्कमा बिषेश छुटको ब्यबस्था गरेको थियो । जस अनुसार स्थापना दिवसको दिन १ सय ८० जना नयाँ विद्यार्थी थपिएको प्रिन्सिपल राजेश खत्रीले जानकारी दिए । बेलबारी बजार क्षेत्रबाट सबैभन्दा धेरै विद्यार्थी थपिएको खत्रीले बताए । हाल कक्षा १० सम्म पढाइ भइरहेको स्कुलमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ शुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यस्ता छन् स्कूलका बिषेशता
हुन त आर्थिक लगायतका कारण देखाउँदै थुप्रै विद्यार्थीहरु बोर्डिङ छाडेर सरकारी विद्यालयतिर जाने क्रम बढ्दो छ तर त्यसरी छाडेर जानेभन्दा आउने विद्यार्थीको संख्या बढी भएको दावी गर्छन् विद्यालयका शिक्षक केशु विरही । हाल नयाँ विद्यार्थी पनि थपिएपछि यस स्कुलमा विद्यार्थीको संख्या एक हजार पुगेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल ४० जना शिक्षक तथा कर्मचारी छन् ।
१० कठ्ठा क्षेत्रफलमा रहेको स्कलका ४ वटा भवनमा ४० भन्दा बढी कक्षाकोठा छन् भले स्कुल परिसरभित्रै क्याटिनको समेत ब्यबस्था छ । मन्टेश्वरी लगायतका नयाँ नयाँ प्रविधिलाइ अपनाइएको र प्रतिस्पर्धाबाट शिक्षक छनोट गरिने भएकोले दक्ष शिक्षकहरुबाट पठनपाठन गरिने दावी गर्ने गरेको विद्यालयले २ वटा स्कुल बसबाट विद्यार्थीहरुलाइ सेवा दिइरहेको छ ।
लालभित्ति आसपास लगायत बेलबारीको दक्षिणी क्षेत्र कसेनी,धरहरा, त्यस्तै नेताचोक, हरैंचा, केराबारीको देवीझोडा, कुसुमे घँघरु, खयरघारी, बेलचौरी र लेटाङको फडानीसम्मका विद्याथीहरु विद्यालयमा अध्ययन गरिरहेको विद्यालयका काउन्सिलर भूपाल बस्नेतले बताए ।– अम्बिका भण्डारी     संयन्त्र साप्ताहिक बाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad