टिकट पाए भने सुन्दर हरैंचाको मेयरमा जित्छुु

नवराज चापागाईं ब्यबशायिक, सामाजिक तथा राजनीतिक रुपमा खासगरी हालको सुन्दर दुलारी क्षेत्रमा चिर परिचित नाम हो । वहाँ हाल कोशी हरैचा उद्योग बाणिज्य संघको अध्यक्ष हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रको निबर्तमान क्षेत्रीय संयोजक तथा पार्टीको केन्द्रिय आयोजक कमिटीको सदस्य पनि हुनुहुन्छ । २०३१ सालमा भोजपुरमा जन्मेका चापागाईं विद्यार्थीको रुपमा २०४९ सालमा पहिलोपटक विराटचोक आउनुभएको थियो ।

२०५८ सालमा स्थायी रुपमा बिराटचोक सरेपछि राइस मिल राखेर ब्यबशाय थाल्नुभएका चापागाईं हाल बिभिन्न ब्यबशायमा समेत संलग्न हुनुहुन्छ ।
चापागाईं २०४८ देखि २०५४ सालसम्म एमालेको सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । एमाले फुटेपछि मालेतिर लागेका चापागाईं बामदेव गौतम एमालेमा फर्कदा उता जानुभएन र २०५६ सालमा माअ‍ेवादीतिर लाग्नुभयो । त्यस समययता यहाँ निरन्तर माओवादीमै सक्रिय हसनुहुन्छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट सुन्दर हरैंचा नगरपालिकामा पमेयरका दाबेदार चापागाईंसँग पार्टीको सांगठनिक अवस्था तथा स्थानीय तह निर्वाचनमा पार्टीको तयारी, लगायत विषयमा सम्पादक अम्बिका भण्डारीले गरेको कुराकानी ः

चुनावी तयारी कस्तो चलिरहेको छ ?
चुनावभन्दा पनि हामी संगठन निर्माण र बिस्तारको चरणमा छौं । नयाँ संरचना अनुसार सुन्दर हरैंचा नगरपालिकाका १२ वटै वडामा माओवादी केन्द्रका वडा कमिटी निर्माण भइसकेका छन् । हाल टोल तथा सेल कमिटीहरु बनिरहेका छन् ।
सुन्दर हरैंचामा माओवादी केन्द्रको सांगठनिक अवस्था कस्तो छ ?
हरेक वडामा न्युनतम १ सय २५ सदस्यहरु रहेका छन् । सुन्दर हरैंचा नगरपालिका क्षेत्रमा ७ सय ४१ जना पार्टी सदस्यहरुको सदस्यता नवीकरण गरी जिल्लामा पठाइ सकिएको छ । ५ सय भन्दा बढी नयाँ सदस्यहरुको सदस्यता फारम भर्ने काम भइसकेको छ । साथै चुनावी अभियानलाई तीबता दिइएको छ । हामीले सुन्दर हरैचाका १२ वटै वडामा वडा अध्यक्ष लगायत सबै उम्मेद्धारहरुकोटंगो लगाइसकेका छौं ।
चुनाब जित्ने आधार चाहिं के छ ?
यो क्षेत्र विगतदेखि नै हो माओवादी केन्द्रको प्रभाव क्षेत्र हो । संविधानसभाको पहिलो निर्वाचनमा जितेको पनि हो । तर गत संविधानसभा निर्वाचनमा पार्टीमा आएको टुटफुट र बिभाजन, आन्तरिक एकताको कमी तथा कांग्रेस एमालेहरुले सृजना गरेको भ्रम चिर्न नसक्दा जित्न सकिएन तर अहिले माओवादीहरुको एकता भएको, जनाताले अहिलेका एजेण्डा माओवादीका एजेण्डा हुन् भनी बुझेको,संगठन पनि सुदृढ भएको र सरकारका काम पारबाहीबाट जनता प्रभावित पनि भएकोले अब चुनाव जितिन्छ ।
तपाईं पनि मेयरको उम्मेद्धार बन्ने दौडमा हुनुहुन्छ , तर वडा अध्यक्षहरुको मात्र उम्मेद्धारी घोषणा भयोे किन ?
देशब्यापी उम्मेद्धार घोषणा गर्ने क्रममा शनिबार सबै उम्मेद्धार घोषणा गर्ने तयारी भइसकेको थियो तर कांग्रेस एमालेले मेयर उपमेयर घोषणा नगरेकोले वडाका उम्मेद्धारहरुको मात्र घोषणा गरिएको हो । हामी पर्ख र हेर को अबस्थामा छौं ।
मेयरमा तपाईंको उम्मेद्धारी चाहिं किन ?

सुन्दर हरैंचाबाट पार्टीले म सहित ७ जनालाई सिफारिस गरेको छ । जसमा लता न्यौपाने, कुमारी राइ,राजकुमार तामाङ,चिरन्जिवी रिजाल, मित्रसेन योञ्जन र राम न्यौपानेको नाम सिफारिस गरेको छ तर म मेयरको उम्मेद्धार बन्नेमा विश्वस्त छु ।
पहिलो कुरा त हालको संरचना माओवादीकै कारणले संभव भएको हो भन्ने कुरा वनताले बुझेका छन् । त्यसैले पनि जनताले माओवादीलाइ भोट दिन्छन् । त्यस आधारमा पनि मेरो उम्मेद्धारी हो ।
अर्को कुरा मैले उद्योग बाणिज्य संघमा रहेर लामो समय बिभिन्न सामाजिक कामहरु गरेको छु । ब्यापारी तथा ब्यबशायीहरुसँग राम्रो सम्बन्ध छ । म हाल पनि उद्योग बाणिज्य संघको अध्यक्ष भएको र ब्यापारी तथा ब्यबशायीहरुको परिवारबाट ९ हजारभन्दा बढी मतदाता भएकोले म मेयरमा उठ्दा चुनाब जित्छु ।
अन्त्यमा, स्थानिय चुनावमा अन्य दलहरुसँग सहकार्य हुने संभावना कत्तिको छ ?
हालसम्म तालमेलको संभावना देखिएको छैन । पार्टी एकढिक्का भएको र उम्मेद्धारी चयनमा हाम्रो पार्टीमा अरु दलहरुमा झैं समस्या नभएकोले पनि त्यसको तयारी भएको छैन तर चुनाबको मिति पनि सरेकोले गृहकार्य गर्ने समय थपिएको छ । त्यसैले सम्मानजनक पद पाएमा कुनै दलसँग सहकार्य हुन पनि सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *