अल्ट्रा धाविका मीरा राई सम्मानित

इटहरी । किरात मञ्च नेपालको अगुवाइमा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ ।
 इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले रु ५० हजार नगद पुरस्कार र सम्मानपत्रबाट  राईलाई सम्मान गर्नुभयो  । नेता किरातीले अल्ट्रा धाविका राईलाई  नगद एवम् सम्मानपत्र प्रदान गर्नुहुँदै सानै उमेरमा पुर्याउनु भएको योगदान नेपालका लागि उच्च रहेको कुरामा जोड दिनुहुँदै एक आदिवासी जनजाति किशोरीले विश्वमा नै धाविका बनेर नेपाल चिनाउने साहसिक काम गरेको बताउनु भयो ।
नेसनल ज्योग्राफी एन्ड नेचर एडभेन्चर्स अफ द इयर–२०१६ की बिजेता भोजपुरकी मीरा राईलाई सम्मान गर्न पाउनु  गौरवको विषय भएको उल्लेख गर्नुहुँदै नेता किरातीले  राईप्रति नेपालीले गौरव गर्नुपर्नेमा पनि जोड दिनुभयो । किरात मञ्च नेपाल, किरात राई सुन्नीमा सङ्घ, सुनसरी, किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति, सुनसरी र किरात राई सुन्नीमा प्रारम्भिक कार्य समितिले  सुनसरीले उहाँलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *