Samyentra Dot Com

गृहपृष्ठ » समाज, साहित्यगाउँमा साहित्य कला उत्सव मनायो झोराहट नाट्य केन्द्रले

गाउँमा साहित्य कला उत्सव मनायो झोराहट नाट्य केन्द्रले

April 21, 2017१३०१ पटक

युवराज ठकुरी/केराबारी,मोरङ
इतिहास जित्नेहरुको लेखिएपनि जिताउनेहरुलाई नबिर्सनु!”काठमाडौंलाई खबर” शीर्षकमा कवि अभागी थेगुवाले कविता वाचन गरिरहदा झोराहट नाटकमा उपस्थित खचाखच दर्शकहरूले गडगडाहड ताली बजाईरहेका थिए।
मोरङको झोराहटमा स्थापित झोराहाट नाट्यकेन्द्रको वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.टङ्क न्यौपाने,विशेष अतिथि कवि श्यामल प्राज्ञ उपेन्द्र पागल,प्राज्ञ खेम नेपाली,कवि मनु मन्जिल,आख्यानकार कृष्ण धरावासी लगायत थुप्रै कवि साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा उद्घाटन पछि लीला लेखनका अभियान्ता कृष्ण धराबासीद्वारा लीला बोध परिचर्चा विषयमा पच्चीस मिनेट चर्चा सगै १२कविले कविता वाचन गरेका थिए।
प्रत्येक कार्यक्रमहरु भिन्न साहित्यिक सस्थाहरुले संयोजन गरेको १२कविका कविता वाचन कार्यक्रमका संयोजन गर्ने सस्था नेपाल लिट्रेरी ग्रुप दमक झापाका मेची पुत्रले बताए।
प्रभावशाली कवि मनुमन्जिलले प्रिय तिमी गाउँ नजाउ शीर्षकको कविता वाचन गर्दै युवावयमा भएको प्रेमील क्षणको सम्झना गरेका थिए।त्यस्तै अर्का कवि राज माङ्लाकले कविता मार्फत लिम्बुनी गाउँ पुर्याएका थिए।
त्यसै गरि राजकुमार अघोषित, दीपा दाहाल,
सम्पदा रिजाल ,मीनकुमार नवोदित,कैलाश शिखर,रमेशचन्द्र अधिकारी,याम थुलुङ लगायतले आफ्ना चोटिला कविता वाचन गरेका थिए।
कार्यक्रममा हिमालय दर्शन कलेजका विद्यार्थीहरुले कोक्रोदेखि वृद्दाश्राम सम्म शीर्षकको नाटक प्रस्तुत गरेर सबैलाई सोचमग्न बनाएका थिए।पछिल्लो चरणमा प्रतिनिधि कविता वाचन हुनुका साथै गजल साझको पनि कार्यक्रम रहेको थियो।८गते देखि ९गते सम्म चल्ने साहित्य उत्सवमा ९गते सडक कविता,छ्न्द कविता वाचन,सात गाउँका सात प्रतिभा वालप्रतिभाका चित्रकला ,कवितामा युवाशक्ती विमर्श,राजनीतिक आँखामा साहित्य कला र सस्कृति आदि कार्यक्रमहरु रहेको झोराहट नाट्यकेन्द्रका अध्यक्ष भरत गुरागाईले बताएका छ्न।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad