Samyentra Dot Com

गृहपृष्ठ » आलेखनयाँ सालको पात्रो मात्र फेर्ने कि प्रवृत्ति पनि फेर्ने ?

नयाँ सालको पात्रो मात्र फेर्ने कि प्रवृत्ति पनि फेर्ने ?

April 14, 2017६२० पटक

नेपालमा प्रत्येक बैशाख १ गतेबाट नयाँ बर्ष आरम्भ हुन्छ । बिक्रम सम्बद २०७४ सालसम्म आइपुग्दा २०७४ ओटा बैशाखको १ गतेदेखि नया साल शुरु भएकोछ । बडो तामझामका साथ नयाँ बर्षलाई स्वागत गरिन्छ । घरघरमा नया पात्रा फरिन्छ, झुन्डाइन्छ । सरकारले सो दिन सार्वजनिक बिदा पनि दिन्छ । मानिसहरू एक अर्कालाइ शुभकामनाआदनप्रदान गर्छन । तपाईंको भलो होस भनेर शुभेच्छा प्रकट गर्छ्न ।

          अर्जुन ज्ञवाली

सगै बसेर मीठोचोखो खान्छ्न । नयाँनयाँ कपडामा ठाट्टिएर घरपरिवार, साथीभाइ, इस्टमित्रसग नयाँ ठाउँ घुम्न जान्छ्न । मनका सुःखदुःख पनि साट्छ्न । यो बर्ष भरी यसो गर्छु उसो गर्छु भनेर आफ्ना योजनाहरु बनाउछ्न । तर नयाँ बर्षको बहानामा यी यावत कुराहरू भैइरहदा मानिसहरूको आफ्नो नानी देखीको बानी चाही किन परिवर्तन गर्न सक्दैनन अर्थात मानिसहरुमा पुरानो बर्षमा जस्तो खालको प्रवृत्ति थियो त्यही र त्यस्तै प्रवृत्ति किन रहिरहन्छ ? प्रश्न बडो गम्भीर र बिचरणिय छ । के नयाँ पात्रो फेर्दैमा सबथोक हुन्छ ?

पात्रो फेरेर मात्र परिवर्तनमा हुन्छ ? त्यसो त प्रत्येक समय नया हुन्छ, प्रत्येक पल नया हुन्छ, बर्ष मात्र होइन, प्रत्येक महिना नयाँ हुन्छ, दिन नयाँ हुन्छ, दिनमात्र होइन घन्टा, मिनेट र सेकेन्ड नयाँ हुन्छ । तर त्यसरी समय नयाँ हुदै गर्दा हामीसँग नयाँ ताजा जागर भएन भने नयाँ समयको कुनै अर्थ हुदैन ।

नयाँ समयमा हामी पनि नयाँ भयौ भने त्यसको सार्थकता रहन्छ । होइनभने घरमा, अफिसमा। सबै ठाउँमा नयाँ सालको पात्रो फेर्दैमा हामी नयाँ कदापी हुदैनौ । नयाँ हुन पात्रोसगै हाम्रो प्रवृत्तिमा नया परिवर्तन आउनुपर्छ । हाम्रो ब्यवहारमा, हाम्रो आचरणमा, हाम्रो इच्छाशक्तिमा गुणात्मक परिवर्तन आउनु जरुरी छ । जिन्दगी जिउनको लागि मात्र भएर हुदैन ।

तपाईंको जिन्दगीले समाजमा अरुको लागि पनि एउटा प्रेरणादायी जिवन दिन सक्यो की सकेन भन्ने महत्वपुर्ण हुन्छ । समाजमा सकरात्मक प्रभाव पर्यो भने जीवन सार्थक हुन्छ । बास्तवमा समाज परिवर्तन हुने पनि त्यहिबाट हो । यदि समाजमा रहेका हरेक मानिसहरु सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन्छन र अग्रगामी सोच राख्छन अनि त्यसलाइ आफ्नो दैनिक जिवनमा ब्यवहारीक रुपमा अनुसरण गर्छ्न भने समग्रमा समाज परिवर्तन हुन्छ ।
त्यसैले सबै मानिसले सबैभन्दा पहिला आफुलाइ परिवर्तन गर्नु नितान्त जरुरी छ । परिवर्तन आफैबाट शुरु गरौ ।

हामीहरु आफू परिवर्तन नहुने तर अरुलाइ आफु अनुकुल परिवर्तन भैइदिए हुन्थ्यो भनेर अपेक्षा राखेर बस्छौ । आफुले अहंकार डकार्छौ वा अल्छी बन्छौ । अनि ठुलाठुला परिवर्तनका ,अग्रगमनका प्रगतिशील कुरा गर्छौ । मुख बजाएर ठुलाठुला कुरा गरेर मात्र दुनियामा केही हुदैन, काम गर्नुपछर्, मिहिनेत परिश्रम गर्नुपर्छ । समयको हरेक पलमा सकारात्मक सन्देश बोक्ने काम गर्नुपर्छ ।

काम आफैमा सानो या ठूलो हुदैन । कामहरु फरक प्रकृतिका हुन सक्छ्न । कोही काममा शारीरिक परिश्रम गर्नुपर्छ । कुनै काम मानसिक परिश्रम गर्नेुपर्नेहुन्छ । तर काम आफैमा ठूलो र सानो भन्ने हुदैन । आफ्नो क्षमतामा जति परिपक्वता र गतिशीलता हुन्छ तपाईंको मुल्य त्यसमा भर पर्छ । ढिलोचाडो होला तर तपाईंले गर्ने कामको सम्पादनमा गुणस्तरीयता छ, गतिशीलता छ भने तपाईंको मुल्य स्तरोन्नति हुँदै जान्छ ।

आज लाखौंको संख्यामा नेपालीहरु स्वदेशमा केही भएन भनेर लाइन लागेर बिदेश पसिरहेकाछ्न । यसको मुख्य जड यहाको अस्थिरता नै हो । त्यसको लागि यहाका राजनैतिक दल तथा त्यसका नेताहरु जिम्मेबार छन । राजनैतिक दल र तिनीहरुका नेतागणमा रहेको गैरजिम्मेवारीपन, उदासिनता, अर्कमर्णता, लाचारी, नालायीकपन, अल्छीपनले देशले समद्ध हासिल गर्ननसकेको जगजायर नै छ । उनिहरुको यही रबैयाले नै देशमा आर्थिक विकास हुननसकेको कसैसग लुकाउनछिपाउन पदैैन । देशमा तिब्र औधोगिक विकाश एवम् ब्यावसायीक विकाश बातावरण बन्न सकेकोछैन । जसले गर्दा ठुलाठुला उद्योग स्थापना हुन सकेकाछैनन । स्वर्गकी परी जस्तो नेपालमा पर्यटन फस्टाउन सकेकोछैन ।

विश्वका सम्पुर्ण शान्तिकामी मानिसका आस्थाको ढुकढकी शान्तिका अग्रदुत भगवान गौतमबुद्ध जन्मेको पवित्र भुमी नेपालमा छ । हिन्दुहरुका आराध्यदेव श्री पशुपतीनाथको पवित्र मन्दिर हामी सगै छ । बिश्व प्रख्यात रामयण पुस्तककने एक महत्पुर्ण पात्र सिताको जन्मस्थल नेपालको जनकपुरमा भएको हो । विश्वको शिर सगरमाथा हामीसगै छ । अपार जैविक बिबिधता, भेषभुषा , संस्कृती हामीसग छ । विश्वको पानीको दोस्रो धनि देश हामी नै हौ । अमुल्य हिमाली जडीबुटी छन हाम्रो हिमालमा छन । यती धेरै सम्भावना र यस्ता कैयौन अवसर हामीसँग छन ।

तर त्यसको समुचित उपयोग गर्न हामी आवसम्म चुकीरहेका छौ । हामीसँग भएका अमुल्य निधीको प्रयोग र प्रचार गर्नसके समृद्ध त्यती टाढा छैन । खाँचो छ ब्यसस्थापनको, खाँचो छ देशप्रतीको इमान्दारीता र जिम्मेदारीको । मुख्यतयः सरकार, राजनैतिम दल र नेताहरु ईतिहासको कसिमा देश र जनताको उन्नत सपना पुरा गर्न आजबाट युद्धस्तरमा लाग्नु अपरिहार्य छ । औधोगिक विकास, ब्यावसायीक विकास, पर्यटन विकास र हाइड्रोपावर निर्माणमा एक्यबद्धता हुन टड्कारो आवश्यकता छ । जसले तिब्र रुपमा रोजगारीको सिर्जना गर्छ । मानिसहरु जागिर पाउछन । स्वदेश मै रोजगारीको अवसरले एउटा नेपाली स्वदेशमा कमाउन र रमाउन सक्छ ।

बिढम्बना हाम्रो कृषिप्रधान देशमा पछिल्लो तथ्यांक हेर्ने हो भने अरबौको कृषिउपज, फलफूल, खाद्यान्न तथा तरकारी हामीले आयत गरेर खाइरहेका छौ । यसमा हामी सबै नेपाली जिम्मेबार छौ । खेतवारी बाझा राखेर किन मुग्लान पस्न मरीहत्त गछौे हामी नेपाली ? विदेशमा अरुको गुलाम बनेर १८ घण्टा काम गर्न सक्ने हामी नेपालीले त्यो किसिमको परिश्रम, मिहिनृत र साधना नेपालमा गर्यौ की गरेनौ ? हामीले हाम्रो भुमीलाइ किन हरभरा बनाउन सक्दैनौ ? किन हाम्रा खेतवारी बाझिदै गएका छ्न ? जापान, कोरिया गएर तरकारी बारीमा काम गर्न हामीलाई लाज लाग्दैन ।

टन्टलापुर खाडीमा भेडा चराउन हामिलाइ अप्ठ्यारो लाग्दैन । युरोप अमेरिका गएर हामीलाई होटेल रेस्टुरेन्टमा काम गर्न लाज लाग्दैन । तर नेपालमा हामीलाई किन लाज लाग्छ ? किन अप्ठ्यारो लाग्छ ? किन समाजको लाज लाग्छ ? समाज भनेको के हो र ? हामी आफै होइनौं र ? यस्ता बिषयहरु हामीले चिर्न किन सक्दैनौं ? के यो समाज परिवर्तन गर्न, यो देश परिवर्तन गर्न हामी जिम्मेवारी हुनुपदैन ? अरुलाइ धारे हात लगाएर मात्रा यो देश विकास हुन्छ ? आफू जन्मेको देशमा, आफु जन्मेका माटोमा केही गर्नको लागि कोशिस गरयौ की गरेनौ ? के हामीले सबै प्रयास गरौ ? छातीमा हात राखेर इमान्दारपुर्वक एकपटक सबैले चिन्तन मनन गर्नु जरुरी छ ।

सरकारले पनि खास गरी कृर्षीमा सरल, सहज तवरले बिउबिजन, मलखादमा अनुदान दिनुपर्छ । नेपालको कुन ठाउमा के उत्पादन हुन्छ सबै पत्ता लगाएर कृर्षी, फलफुल तरकारी , बाख्रापालन ,गाइपालन पकेट क्षेत्र घोषणा गरेर सोहीअनुसार किसानलाइ प्रोत्साहीत गर्नुपर्दछ र सहुलियत सेवा दिनुपर्छ । समयसमयमा त्यस्ता क्षेत्रहरुको निरक्षण, अनुगमन गर्नुपर्छ । र उत्पादन पछि बजारम्म ल्याउने काम सरकारले गरीदिनुसपर्छ,, सरकारले बजार पहिल्याइदिनु पर्छ । दुवानी खर्च सरकारले बेहर्नुपर्छ ताकी उत्पादन पछि किसाललाइ बिक्रि भएन वा दुवानी खर्चले घाटा लाग्यो भन्ने तनाव नहोस । यसो गरियाभने गाउगाउका कुनाकुनामा, बस्तीबस्तीमा उत्पादन शुरु हुन्छ । स्वरोजगार बढाउछ । गरीबी घटाउछ ।

सरकारसँग, राजनैतिक दलसँग, नेतासँग हाम्रा थुप्रै गुनासा छन । आशा भरोसाहरु पनि छन । यसका बावजुत पनि हामी प्रत्येकले आफ्नो भागमा परेको आफुप्रतीको दायित्व, परिवारप्रतीको दायित्य, समाजप्रतिको दायित्व र समग्र राष्ट्रप्रतीको दायीत्व नर्विस्यौ । जिम्मेबारी पुरा गर्न सबैभन्दा पहिला आफैबाट शुरु गरै । नेपाल मै केही गर्ने प्रण गरौ । नयाँ सालको पात्रो मात्र होइन, हाम्रो प्रवृत्तिमा पनि सकारात्मक परिवर्तन गरौ । हामी सबैले राम्रो सोच राखौ । केही न केही काम गरौ, उद्धमशिलता गरौ, ब्यावसाय गरौ, कृर्षी गरौ । अनि पौरखी बनौ । र समद्धि हासिल गरौ । हाम्रा बाँकीरहेका अधुरा सबै सपनाहरु साकार पारौ । नयाँ बर्षको शुभकामना ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad