Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरी, मुख्य खबर, मुलुकबराङ्ग्दी बन्यो धर्म परिवर्तन निषेधित क्षेत्र

बराङ्ग्दी बन्यो धर्म परिवर्तन निषेधित क्षेत्र

April 10, 2017१५२४ पटक

दिपेन्द्र श्रेष्ठ बुलन्द,अर्घाखाँची/ पाल्पाको बराङ्ग्दी शिवासन क्षेत्रलाई धर्म परिवर्तन निषेधित  क्षेत्र  घोषणा गरिएको छ ।

प्रमुख अतिथी हिन्दु जागरण नेपालका अध्यक्ष अध्यात्म शिरोमणि पन्डित रामकृष्ण उपाध्यायको उपस्थितिमा एक कार्यक्रम बिच सो  घोषणा गरिएको हो ।

शिवासन धामका अध्यक्ष माधब बस्यालले अध्यक्षता गरेको कार्यक्रममा हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य प्रबिण रिजाल केन्दृय कार्यक्रम सयोजक जगन्नाथ सुवेदी , रुपन्देही जिल्ला प्रमुख उमा ढकाल पश्चिम कमान्डर याम बाहादुर भण्डारी, स्याङ्ग्जा प्रतिनिधि प्रकाश डुम्रे, अर्घाखाँचीका दिपेन्द्र श्रेष्ठ , गुल्मी प्रतिनिधि शृजना पन्थी लगयत को सहभागिता थियो ।

अब आइन्दा सो क्षेत्रमा कोहि कसैले धर्म परिवर्तन गर्ने या गराउने ब्यक्तिको भुमिका प्रमाणित भएमा  कारवाही गरिने हिन्दु जागरण नेपाल ले जनाएको छ । कार्यक्रममा एमाले केन्द्रिय सदस्य ठाकुर गैह्रे , राप्रपाका पदम राना र नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण भुसालले पाल्पा जिल्लामा धर्मपरिवर्तन एउटा समस्या रहेको र यसलाइ निवारण गर्न हाम्रो पूर्ण सहयोगी भुमिका रहने बचनबद्धता ब्यक्त गर्नु भयो ।

नेपाली काङ्रेसका क्षेत्रीय सभापति कृष्ण प्रसाद बस्यालले पनि अब हामी चुप लागेर बस्यौं भने सिङ्गो देशकै धर्म परिवर्तन गरेर देशलाइ गुलाम बनाउन बाट जोगाउन हिन्दु जागरण नेपालले महत्वपूर्ण योगदान पुर्याउने कामना गर्नुभयो । विभिन्न धार्मिक संस्थाका अतिथिहरुले पाल्पा जिल्लामा भैरहेको धार्मिक अतिक्रमणको बिरुद्ध हिन्दु जागरण नेपालले उठाएको आवाजलाई समर्थन गर्दै प्रतिबद्धरुपले धर्म परिवर्तन मुक्त समाज निर्माण गर्न सबैको सहयोगी भुमिका हुुने  प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमबाट  विभिन्न धार्मिक संस्थाका प्रतिनिधिहरुको संलग्नतामा तत्काल १९ सदस्यीय हिन्दु जागरण नेपाल पाल्पा जिल्ला समिती गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad